अगष्ट १ बाट कुवेतमा आप्रवासी कामदारले प्रवेश पाउने

एजेन्सी, २० असार । कुवेत सरकारले अगष्ट १ बाट ब्यबसायिक उडान खुल्ला गर्ने तयारी थालेको छ । समाचार संस्था अरव टाइम्सका अनुसार कुवेतले दैनिक १२० देखी १३० वटासम्म उडान हुने जनाएको छ ।

छुट्टीमा रहेका नेपाली लगायत अन्य आप्रबासी कामदारले कुवेत प्रवेश गर्दा अनिवार्य रुपमा पिसीआर बिधिबाट कोरोना परिक्षण गर्नुपर्ने र परिक्षणको खर्च आफैँले ब्यहोर्नु पर्ने छ । अगष्टको १ बाट ब्यबसायिक उडान सुचारू गराउने र शुरूवाती चरणमै दैनिक १२० देखी १३० वटासम्म उडान गराउने कुवेत सरकारको तयारी छ ।

कुवेत सरकारले ३ चरणमा उडान खुलाउने जनाएको छ । पहिलो चरणमा अगष्ट १ बाट दैनिक ८ देखी १० हजार यात्रु उडाउने लक्ष्यसहित दैनिक १२० देखी १३० वटासम्म उडान गर्ने भएको छ । दोस्रो चरणको शुरूवात करीव ६ महिनापछि अर्थात आउदो फेब्रुअरी १ बाट हुनेछ भने उक्त अवधिमा दैनिक २० हजार यात्रुले उडान भर्न सक्ने गरी २ सय वटासम्म उडानहरू गर्न दिईने जनाएको छ ।

तेस्रो चरणको उडान झण्डै १ बर्ष पछि शुरू हुनेछ भने त्यस समयमा ३० हजार यात्रुले आवतजावत गर्ने पाउने छन् । कुवेतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४६ हजार १९५ जना पुगेको छ ।

हालसम्म ३७ हजार ३० जना उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म कोरोनाका कारण ३५४ जनाको मृत्यु भएको छ ।

२० असार २०७७, शनिबार ११:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ललितपुरको बंगलामुखी..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..