सनराइज बैंकको सहयोग

काठमाडौँ, १९ असार : सनराइज बैंकले सिन्धुपाल्चोकको भूकम्पपीडित माझी बस्तीमा निर्माण गर्दै आएको श्वेता श्री फाउण्डेशनलाई रु पाँच लाख सहयोग गरेको छ ।

बैंकले जारी गरेको विज्ञप्तिमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त परोपकारी संस्थालाई सहयोग गरेको हो । आज एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले श्वेता श्री फाउण्डेशनलाई चेक हस्तान्तरण गर्नुभयो । प्रमुखकार्यकारी अधिकृतले बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वव्यापी कोभिड–१९को कठिन घडिमा पनि यस्ता कार्य गर्दै आएको छ । आगामी दिनमा पनि अन्य सामाजिक कार्यहरु गरिरहने उल्लेख गर्नुभयो । नायिका श्वेता खड्काले फाउण्डेशनलाई विश्वास गरेकामा बैंकलाई धन्यवाद दिनुभयो । संस्थाले स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको सम्झनामा २०७३ फागुनदेखि सिन्धुपाल्चोकको माझी बस्तीमा कूल ५३ आधुनिक र सुविधा सम्पन्न घर निमार्ण गर्दै आएको छ ।

१९ असार २०७७, शुक्रबार १८:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ललितपुरको बंगलामुखी..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..