बोर्डद्वारा पर्यटन प्रोटोकोल तालीम शुरु

काठमाडौँ, १९ असार : नेपाल पर्यटन बोर्डले कोभिड–१९ सङ्क्रमणको जोखिमपछि पर्यटन क्षेत्र खुला गर्नका लागि अपनाउनुपर्ने सुरक्षा सजकताबारे तयार गरिएको प्रोटोकलको प्रभावकारी कार्यान्वयनका लागि व्यवसायीसँग अनलाइन तालीम शुरु गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र बोर्डले जारी गरेको ‘अपरेशनल गाइडलाइन विथ हेल्थ प्राटोकल फर टुरिज्म सेक्टर’ लाई प्रभावकारी प्रयोग गर्न बोर्डले पर्यटन सम्बद्ध सङ्घसंस्थासँगको सहकार्यमा पर्यटन व्यवसायीका लागि तालीम सञ्चालन गरिएको विज्ञप्तिमार्फत जनाएको हो । बोर्डका प्रमुख कार्यकारी अधिकृत प्रमुख डा धनञ्जय रेग्मीले हाल तालीममा ६०० लाई सहभागिता गराइने र आगामी दिनमा यो सङ्ख्यालाई बढाउँदै लगिने बताउनुभयो । यही असार ८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जारी गर्नुभएको प्रोटोकोलमा आधारित भएर पर्यटन व्यवसायीका लागि कोभिडको दोस्रो चरणमा अपनाउनुपर्ने आधारभूत स्वास्थ्य सुरक्षा सजकताबारे डिजिटल तालीम आयोजना गरिएको हो । पर्यटक विमानस्थलमा ओर्लेदेखि फर्किँदासम्म अपनाउनुपर्ने विषय प्रोटोकोलमा समावेश गरिएको छ । यस तालीमले पर्यटन उद्योगको हालको प्रमुख विषय स्वास्थ्य सुरक्षामा जोड दिई डिजिटल मार्केटिङको प्रयोग गरी व्यवसायलाई जीवन्त बनाउने छ । साथै व्यवसायी व्यवसायीबीच समन्वय गराई व्यवसाय तथा समग्र पर्यटन क्षेत्रको विकासका लागि समूचित वातावरण बनाउने विश्वास लिइएको विज्ञप्तिमा उल्लेख छ । बोर्डले होटल एसोसिएसन अफ नेपाल, नेपाल एसोसियशन अफ टुर एण्ड ट्राभल एजेन्टस र ट्रेकिङ एजेन्सिज एसोसियशन अफ नेपालसँगको समन्वयमा तालीमको आयोजना गरिरहेको छ । आगामी दिनमा आवश्यकतानुसार अन्य पर्यटन सङ्घसंस्थासँगको समन्वयमा प्रादेशिकस्तर मै तालीमलाई अगाडि बढाइने बोर्डले जनाएको छ ।

१९ असार २०७७, शुक्रबार १८:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ललितपुरको बंगलामुखी..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..