नेविसंघलाई थर्काउँदै देउवाले सोधे, ‘म चारपटक प्रधानमन्त्री भएँ,  तपाईंहरू सक्नुहुन्छ ?’

काठमाडौँ, १९ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भातृसंस्था नेपाल विद्यार्थी संघका नेताहरुलाई थर्काएका छन् । विद्यालयहरूमा नेविसंघ कमिटि गठन नगरेको तर शहरमा बसेर भाषण मात्रै गर्ने गरेको भन्दै सभापति देउवाले थर्काएका हुन् । पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तीमा नेविसंघले शान्तिबाटिकामा आयोजना गरेको रक्तदान कार्यक्रममा देउवाले कोरोना महामारीको बेलामा किन कार्यक्रम राखेको भन्दै प्रन पनि गरेका थिए ।

‘सोसल डिस्ट्यान्सिङ भन्या छ, तर यहाँ टाँस्सेर बसिरहेको छ,’ देउवाले भने, ‘अहिले यो खतरा रोग आएको छ। सामाजिक दूरी कायम गर्नुस् । टाँस्सेर बसेर केही हुनेवाला छैन ।’

उनले थपे, ‘कहिलेकाहीँ कार्यक्रम नगरे पनि हुन्छ । गर्नै परे अलि फराकिलो ठाउँमा गर्नुपर्‍यो, अहिलेको बेला सबैले कार्यक्रम गर्न छाडिसकेका छन् । हामीले मात्रै गर्नुपर्ने ? बढ्ता हुनुपर्ने ? भाषण गर्नैपर्ने ?, विद्यार्थीलाई बोकेर भेला गराएर भाषण गरिहाल्नुपर्ने ?, बढ्ता जान्ने भइहाल्नुपर्ने ?’

छ महिनामा नेविसंघको महाधिवेशन गर्नुपर्ने जिम्मेवारीसहित राजीव ढुंगानाको नेतृत्वमा नेविसंघ गठन गरिएको भएपनि कार्यकाल सकिन लाग्दा समेत केन्द्रीय समितिले नै पूर्णता पाएको छैन । यस विषयमा सभापति देउवाले आन्तरिक झगडामा अल्झिएका कारण समस्या आएको बताए ।

देउवाले फागुनमा हुने पार्टीको महाधिवेशनपछि नेविसंघले पूर्णता पाउने पनि बताए। ‘नेविसंघको पूर्णता महाधिवेशनलगत्तै हुन्छ,’ उनले भने ।

‘विद्यार्थी आपसमा मिलेको भए समस्या नै हुने थिएन, आफैं झगडा गर्या गर्यै छन्’ देउवाले भने, ‘म नेविसंघ सभापति हो, चार पटक प्रधानमन्त्री भइसकेँ, यस्तै हिसाबले तपाईंहरू कोही चारपटक प्रधानमन्त्री हुन सक्नु हुन्छ ? लाज पनि छैन ।’

सभापति देउवाले नेविसंघले गाउँगाउँमा गएर संगठन नबनाउँदा काँग्रेसको हालत खराब भएको पनि बताए । देउवा २०२७ सालमा नेविसंघ सभापति भएका देउवाले त्यसबेलाको कुरा निकाल्नै भने, ‘नेविसंघलाई बलियो बनाउनुस् । जहाँ पनि हारेको छ, लाज पनि छैन ।’ आक्रोशित देखिएका देउवाले प्रश्न मात्रै गरिरहे, ‘कहाँ छ नेविसंघ ? गाउँमा छ ? स्कुलहरूमा छ ?’

पहिलेका नेविसंघ सभापतिहरूलाई पनि आफूले गाउँमा गएर संगठन बढाउन आग्रह गर्दा पनि अटेर गर्ने गरेको सम्झिँदै भने, ‘पहिलेका सभापतिलाई पनि भने ए बाबा गाउँमा जाऊ, नेविसंघ बलियो बनाऊ, गाउँ जाँदैनन् । संगठन बनाउँदै बनाउँदैनन् । हारेको छ हारेको छ । सबै कम्युनिष्टले जितेको छ ।’

१९ असार २०७७, शुक्रबार १६:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ । प्रधानमन्त्री ओलीले..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..