अस्पतालका लागि जग्गा दान

सप्तरी, १९ असार : स्थानीयले जग्गा दान गरेपछि सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिकामा अस्पताल निर्माण हुने भएको छ ।

गाउँका चार जनाले साढे ६ कट्ठा क्षेत्रफलको जग्गा दान गरेपछि अग्नीसाइर गाउँपालिका–६ स्थित रतवला महुुलीमा १५ श्ययाको अस्पताल निर्माण हुने भएको हो । अस्पतालका लागि स्थानीय हेमनाराण चौधरीले चार कठ्ठा, देवकान्त चौधरीले एक कठ्ठा दश धुर तथा सबुरलाल चौधरी र सुरतलाल चौधरीले १०÷१० धुर जग्गा दान गरेको अस्पतालकी संयोजक रहनु भएकी वडाध्यक्ष कुसुमा आचार्यले जानकारी दिनुभयो । अस्पताल निर्माणस्थलमा आयोजित एक समारोहका बीच गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरी, वडा नम्वर–६ की अध्यक्ष आचार्य र जग्गा दाताहरुले संयुक्त रुपमा अस्पताल भवनको बिहीबार शिलान्यास गर्नुभयो । पूर्वपश्चिम लोकमार्गदेखि करिब २०० मिटर उत्तरतर्फ निर्माण हुन लागेको उक्त अस्पतालको कूल लागत रु पाँच करोड रहेको छ । वडावासीहरुको सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच स्थापित गर्ने उद्देश्यले प्रदेश सरकारको योजनाअन्तर्गत अस्पतालको निर्माण हुन लागेको अध्यक्ष आचार्यले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष चौधरीले आरम्भमा १५ श्ययाको अस्पताल भए पनि आगामी वर्षदेखि स्तरोन्नती गर्दै भौतिकलगायत सबै क्षेत्रमा प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको बताउनुभयो ।

१९ असार २०७७, शुक्रबार १४:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अनुगमनका क्रममा रु १२ लाख असुली

काठमाडौँ महानगरपालिकाले विगत २२ दिनदेखि गरेको अनुगमनमा व्यापारीबाट जरिवानास्वरुप रु १२ लाख ८७ हजार असुल उपर गरेको छ । कामपाले..

अपहरण अभियोगमा डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठ पक्राउ

काठमाडौं । मलेसियमा गुण्डागर्दी गर्दै आएका डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय..

शेख नवाफ बने कुवेतका नयाँ राजा

कुवेत सिटी । कुवेतका शेख नवाफ अल अहमद अल शबाह नयाँ राजा चयन भएका छन् । राजा शेख शबाह अल अहमद अल जबर अल शबाहको ९१..

पेट्रोलमा तारपिन तेल मिसाउने चालक पक्राउ

प्रहरीले पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्याङ्कर चालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त..

कोषको रकमले विदेशमा अलपत्र श्रमिकको उद्धार गर्न सरकारलाई निर्देशन

काठमाडौ । संसदीय समितिले विदेशमा जुनसुकै कारणले पनि अलपत्र परेका श्रमिकहरुलाई वैदेशिक रोजगार कोषको रकम प्रयोग..