लकडाउनमा पर्यटन क्षेत्रले ब्यहोर्यो ३४ अर्ब नोक्सानी

काठमाडौँ, १९ असार । सरकारले गरेको लकडाउनका कारण पर्यटन तथा हवाइ क्षेत्रले ३४ अर्ब रुपैयाँ नोक्सान ब्यहोरेको छ । कोभिड–१९ को संक्रमण फैलन नदिन सरकारले लकडाउन गर्दा चैत्र देखि असार १५ सम्म होटल, पदयात्रा, पर्वतारोहण तथा तथा हवाइ क्षेत्रमा हालसम्म ३४ अर्ब नोक्सानी पुगेको संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयलका अनुसार लकडाउन सुरु भएदेखि पर्यटन क्षेत्रमा हरेक महिना १० अर्ब रुपैयाँको दरले क्षति पुगेको छ । स्वरुप फेरिएको लकडाउन साउन ७ गतेसम्म कायम रहने भएकाले सो अवधिसम्म थप ७ अर्ब नोक्सन हुने मन्त्रालयको अनुमान छ ।

पर्यटन तथा हवाइ क्षेत्रमा लकडाउनका कारण भएको नोक्सानी अध्ययन गर्न नपाल पर्यटन बोर्ड तथा नेपाल नागरिक उड्डयन प्राधिकरणले अध्ययन कमिटी बनाएका थिए । ती कमिटीको प्रतिवेदनका आधारमा नोक्सानीको विवरण तयार पारिएको मन्त्रालयले जनाएको छ ।

१९ असार २०७७, शुक्रबार १३:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अनुगमनका क्रममा रु १२ लाख असुली

काठमाडौँ महानगरपालिकाले विगत २२ दिनदेखि गरेको अनुगमनमा व्यापारीबाट जरिवानास्वरुप रु १२ लाख ८७ हजार असुल उपर गरेको छ । कामपाले..

अपहरण अभियोगमा डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठ पक्राउ

काठमाडौं । मलेसियमा गुण्डागर्दी गर्दै आएका डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय..

शेख नवाफ बने कुवेतका नयाँ राजा

कुवेत सिटी । कुवेतका शेख नवाफ अल अहमद अल शबाह नयाँ राजा चयन भएका छन् । राजा शेख शबाह अल अहमद अल जबर अल शबाहको ९१..

पेट्रोलमा तारपिन तेल मिसाउने चालक पक्राउ

प्रहरीले पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्याङ्कर चालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त..

कोषको रकमले विदेशमा अलपत्र श्रमिकको उद्धार गर्न सरकारलाई निर्देशन

काठमाडौ । संसदीय समितिले विदेशमा जुनसुकै कारणले पनि अलपत्र परेका श्रमिकहरुलाई वैदेशिक रोजगार कोषको रकम प्रयोग..