काँग्रेसले भन्यो, ‘संसद अधिवेशन अन्त्य गर्नु प्रधानमन्त्रीको गैरजिम्मेवार कदम’

काठमाडौँ, १८ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद अधिवेशन अन्त्य गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गैरजिम्मेवार भनेको छ । पार्टी भित्रको आन्तरिक विवादको सामना गर्न नसकेर प्रधानमन्त्रीले पहिले संघीय संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गर्नु गैरजिम्मेवार भएको काँग्रेसको धारणा छ ।

काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले मन्त्रिपरिषदको सिफारिसमा अधिवेशन अन्त्य गर्ने निर्णयले सरकार, नेकपा र स्वयम् प्रधानमन्त्रीलाई फाइदा नगर्ने चेतावनी दिएका छन् ।

‘आफ्नो पार्टीभित्रको आन्तरिक झगडाको व्यवस्थापन गर्न नसकेर प्रधानमन्त्रीले सबैभन्दा पहिलो सिकारका रूपमा संघीय सदनलाई बनाउनुभयो । यसले उहाँसहित सत्तारूढ नेकपा र सरकारलाई फाइदा गर्दैन,’ खाँणले भने।

मन्त्रिपरिषदको बिहीबारको बैठकले संसद अधिवेशन आजै बेलुकी ५ बजेदेखि अन्त्य गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसका आधारमा राष्ट्रपतिको कार्यालयले अधिवेशन अन्त्य गरिसकेको छ ।

१८ असार २०७७, बिहीबार १६:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ललितपुरको बंगलामुखी..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..