राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगे प्रचण्ड

काठमाडौँ, १८ असार । नेकपाभित्र विवाद बढ्दै गएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेट्न शितलनिवास गएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक राखी अकस्मात संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेपछि जारी स्थायी समिति बैठक स्थगित गरेर प्रचण्डले ओलीसँग बालुवाटारमै भेटेका थिए ।

ओलीसँगको भेट सकाएर प्रचण्डले पार्टी सचिवालय सदस्यहरूसँग परामर्श गरे र लगत्तै उनी राष्ट्रपतिलाई भेट्न उनी शितलनिवास गएका हुन् । ओली र प्रचण्डबीच कुराकानी भईरहेकै बेला राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य भएको पत्र संसद सचिवालयमा पठाएकी थिइन् । संसदमा नागरिकता विधेयक, अख्तियारको क्षेत्राधिकार बढाउने विधेयक र संघीय निजामती सेवासम्बन्धी तीन विधेयक पास हुने चरणमा रहेकै बेला प्रधानमन्त्रीले संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरेका हुन् ।

अमेरिकी सहायता परियोजना (एमसिसी) पनि संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने एजेन्डा बाँकी नै थियो ।

संसद अधिवेशन अन्त्य गरेपछि प्रधानमन्त्री ओलीले पार्टी फुटाउनका लागि अध्यादेश जारी गर्ने अड्कल बढेको छ ।

१८ असार २०७७, बिहीबार १५:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..