केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नहुने भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ, १८ असार । केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नहुने भन्दै काठमाडौंमा युवाहरूले प्रदर्शन गरेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीका बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरिरहेका बेला माइतीघर मण्डलामा समर्थकहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ जस्ता नारा लगाएका छन् । ‘जय महाकाल’ लेखिएको टि–सर्ट लगाएका युवाहरूले प्रदर्शन गरेका हुन् । स्वतन्त्र रूपमा भेला भएको भनिएको प्रदर्शनमा युवाहरूले प्रधानमन्त्री ओलीका पक्षमा बोलेका थिए । कोरोना महामारीमा देश लडिरहेका बेला सरकारविरूद्ध आन्दोलन गर्न नहुने उनीहरूको भनाइ छ ।

उनीहरूले नेपालको नक्सा, झण्डा र केपी ओलीको फोटो समावेश भएको ब्यानर बोकेका थिए ।

१८ असार २०७७, बिहीबार १४:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ललितपुरको बंगलामुखी..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..