ओली पक्षका स्थायी कमिटी सदस्यसँग प्रचण्डको छलफल

काठमाडौँ, १८ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले बिहीबार बिहान खुमलटारस्थित निवासमा प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी ओली निकट स्थायी समिति सदस्यलाई छलफलका लागि बोलाएका छन् ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट ओलीसँग राजीनामा माग्दै आएका प्रचण्डले ओली पक्षका नेताहरु महासचिव विष्णु पौडल, उपप्रधानमन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेल, शंकर पोखरेल, विष्णु रिमाल, सुवास नेम्वाङ र प्रदिप ज्ञवालीसँग छलफल सुरु गरेका हुन् । स्रोतका अनुसार उनीहरु प्रचण्ड निवास पुगिसकेका छन् । छलफलका जनार्दन शर्मा, वर्षमान पुन, सुरेन्द्र पाण्डे, हरिबोल गजुरेल र मात्रिका यादव पनि खुमलटार पुगेका छन् ।

ओलीले बुधबार आफू निकट स्थायी कमिटी सदस्यसँग बालुवाटारमा छलफल गरेपछि गुटको भेला गरेको भन्दै प्रचण्ड–नेपाल समूहले बुधबार नै खुमलटारमा आफ्नो समूहको छुट्टै भेला गरेको थियो । उक्त भेलामा सहभागी ३० स्थायी कमिटी सदस्यले ओलीलाई दुबै पदबाट हटाउने निश्कर्ष निकालेको थियो ।

१८ असार २०७७, बिहीबार ०९:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..