प्रचण्ड–नेपाल समूहको झम्सीखेल भेलाः ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउने निश्कर्ष

काठमाडौँ, १८ असार । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बुधबार विहान आफू निकट मानिएका केही स्थायी कमिटी सदस्यहरुलाई बालुवाटारमा बोलाएर छलफल गरेपछि नेकपा भित्रको विवादको पारो झन तातेको छ । ओलीले छुट्टै भेला गरेपछि प्रचण्ड–नेपाल समूहले पनि ललितपुरको झम्सीखेलस्थित एक रेष्टुरेन्टमा आफ्नो पक्षका नेताहरुको छुट्टै भेला गराएको छ ।

ओलीको विपक्षमा सचिवलायका सदस्यसमेत गरी ३० जना स्थायी कमिटी सदस्य उपस्थिति थिए । स्थायी कमिटी सदस्यसमेत रहेका पर्यटनमन्त्री योगेश भट्टराई भने उक्त भेलामा उपस्थित थिएनन् । प्रधानमन्त्री ओलीले पार्टी निर्णय मान्ने छाटकाट नेखाई बहुमत सदस्यलाई चुनौती दिन बालुवाटारमा गुटको बैठक राखेको प्रचण्ड–नेपाल समूहको निश्कर्ष छ ।

झम्सिखेल भेलामा सहभागी बहुमत सदस्य ओलीको नेतृत्वमा पार्टी र सरकार चल्न सक्दैन भन्ने निश्कर्षमा पुगेका छन् ।

ओलीसँग शर्तसहित छलफल

४४ जनाको स्थायी समितिमा ३१ जना सदस्य ओलीको विकल्प खोज्नुपर्ने अडानमा छन् । ओलीले कहिले बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने, कहिले प्रचण्डलाई कार्यकारी अध्यक्ष दिने लगायतका कार्ड प्रयोग गर्दै टार्दै आएपछि यसपटक भने ओलीसँग छलफलका लागि पनि बहुमत सदस्यले शर्त अघि सारेका छन् । पार्टीले जे निर्णय गर्छ, त्यो मान्छु भनेर ओली नआएसम्म उनीसँग छलफल नहुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

‘पार्टीको निर्णय सबैले मान्नुपर्छ’ ती नेताले भने, ‘सकेसम्म सर्वसम्मत निर्णय गरौँ, नभए बहुमतले जे निर्णय गर्छ त्यो प्रधानमन्त्रीले पनि मान्नुपर्छ ।’

४४ सदस्यीय स्थायी कमिटीका बहुमत नेताहरु ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट हटाउने निश्कर्षमा पुगेकाले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पद जोगाउन सकस पर्ने देखिएको छ ।

१८ असार २०७७, बिहीबार ०९:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ललितपुरको बंगलामुखी..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..