दाङमा ७ सय हेक्टरको अन्न बाली सलहले खाईदियो

दाङ, १७ असार । दाङमा मङ्गलबार मध्याह्न भित्रिएको सलहले जिल्लाका सयौंँ हेक्टर जमीनको अन्न बाली नष्ट पारिदिएको छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार सलहले आज साँझसम्म जिल्लाका दशै पालिकामा लगाइएको बालीमा नोक्सान पु¥याउने क्रम जारी राखेको छ ।

केन्द्रका प्रमुख सन्देश धितालका अनुसार विशेष गरी मकै र तरकारी बालीमा सलहले नोक्सानी पु¥याएको छ । सलह घोराही र तुलसीपुर उपमहानगरपालिका तथा बङ्गलाचुली, राप्ती, गढवा, दंगिशरण, बबई, शान्तिनगर गाउँपालिका र लमही नगरपालिकाका विभिन्न क्षेत्रमा अहिलेसम्म बसिरहेको छ । सलहलाई स्थानीयवासीले भगाउने प्रयास गरे पनि ठूलो सङ्ख्यामा आएकाले नसकिएको उनले बताए ।

उनका अनुसार सलहले अहिलेसम्म करीब सात सय हेक्टर जमीनमा लगाइएको बालीनाली नष्ट पारेको प्रारम्भिक जानकारी आए पनि पूर्ण विवरण भने आउन बाँकी रहेको हुँदा नोक्सानीको दर अझै बढ्न सक्ने छ ।

१७ असार २०७७, बुधबार २२:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ललितपुरको बंगलामुखी..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..