सेनाका एक सहायक रथी र एक महासेनानी बर्खास्त

१७ असार । नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई सैनिक ऐन २०६३ बमोजिम अनुशासन तथा आचरणसम्बन्धी कसूरमा कारवाही गरेको छ । सेनाको आज बसेको समरी जनरल सैनिक अदालतबाट अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका उनीहरुलाई कारवाही गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानी जानी पालना नगरी अवज्ञासम्बन्धी कसूर गरेको, सैनिक सुव्यवस्था तथा अनुशासनविपरीतको काम गरेको र आफ्नो ओहदाअनुसारको जिम्मेवारी तथा आचरण नगरेको अदालतको ठहर छ । त्यसैका आधारमा निज रथीवृन्द तथा अधिकृतलाई सेवाबाट बर्खास्त गरिएको छ ।

पद्धति र प्रणालीमा आधारित सङ्गठन सञ्चालनमा जोड दिंँदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहीनताको अन्त्य गर्ने वर्तमान नेतृत्वको लक्ष्यअनुसार अनुशासन र आचरणविपरीत कार्य गर्नेलाई शून्य सहनशीलताको नीति अवलम्बन गर्दै सङ्गठन सुदृढीकरणमा प्रतिबद्ध रहेको सेनाले जनाएको छ ।

१७ असार २०७७, बुधबार २२:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ललितपुरको बंगलामुखी..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..