जीवन रक्षाका लागि आयोगको आग्रह

काठमाडौँ, १७ असार: राष्ट्रिय मानव अधिकार आयोगले अनसनरत व्यक्तिको स्वास्थ्यसम्बन्धी न्यायोचित माग सम्बोधन गरी जीवनको अधिकार रक्षा गर्न तथा सार्थक संवादद्वारा समस्याको समाधान गर्न सरकारलाई आग्रह गरेको छ ।

आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले जारी गरेको प्रेस विज्ञप्तिमा कोभिड–१९ रोकथामका लागि सरकारले लागू गरेका मापदण्डको प्रभावकारी पालना गर्न आयोग अनसनरत पक्षलाई आग्रह गर्दै अनसनरतको जीवन रक्षाको माग गरिएको छ । कोभिड–१९ रोकथामका लागि सरकारबाट भएका कार्यहरु प्रभावकारी हुन नसकेको भन्दै पाटन दरबार क्षेत्रमा सुजान गुरुङ्ग, सुवानी सिजापतीलगायतका व्यक्ति ६ दिनदेखि आमरण अनसनमा बसेका छन् ।

आयोगमा नागरिकको स्वास्थ्यको अधिकार सुनिश्चितताका लागि पहल गरी पाऊँ भनी निवदेन परेको थियो । आयोगले अनसनस्थलमा पुगी अनसनरत व्यक्तिहरूको स्वास्थ्य अवस्था सम्बन्धमा अनुगमन गरेको छ । सो क्रममा अनसनरत सुजान गुरुङ्ग र सुवानी सिजापतीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लागिएको छ भने अर्का एक व्यक्ति छ दिनदेखि आमरण अनसनमा रहेको पाइएको छ । रिजा राउत, पुकार बम, गम्भीरजङ्ग कार्की र सुनिता तामाङ्ग रिले अनसनमा रहेको र निजको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ ।

१७ असार २०७७, बुधबार २०:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अख्तियारका..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..

मेलम्चीमा पहिरोः ८ जना बेपत्ता

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची बजारमा गएराति खसेको पहिरोले पुरिएर ८ जना बेपत्ता भएका छन् । बजारको..