आफू निकट मन्त्रीहरुसँग प्रधानमन्त्रीद्वारा परामर्श

काठमाडौँ, १७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका मन्त्रीहरुसँग परामर्श लिएका छन् । प्रधानमन्त्री ओलीले पूर्वमाओवादी केन्द्रबाट मन्त्री बनेकाहरुलाई नबोलाई आफू निकटक मन्त्रीहरुलाई मात्रै बोलाएर पछिल्लो घटनाक्रमबारे परामर्श लिएका हुन् ।

प्रधानमन्त्रीले नबोलाएका कारण पूर्वमाओवादी केन्द्रबाट मन्त्री बनेकाहरु वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र विना मगर छलफलमा गएनन् । ओलीसँग निकट मानिएका कारण पूर्वमाओवादीबाटै मन्त्री बनेका रामबहादुर थापा र लेखराज भट्ट भने बालुवाटार पुगेका छन् ।

जारी नेकपा स्थायी कमिटी बैठकमा सरकारको आलोचना भइरहेको बेला ओलीले आफू निकट मन्त्रिपरिषदका सदस्य र स्थायी कमिटी सदस्यहरुसँग परामर्श गरेका हुन् । स्थायी कमिटी बैठकमा बहुमत सदस्यहरुले राजीनामा मागेपछि ओली संकटमा छन् ।

१७ असार २०७७, बुधबार १२:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै संक्रमितको संख्या बढी हो ।..

मुकेश चौरसिया हत्याको किटानी जाहेरी दर्ता

पर्सा । पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्याको किटानी जाहेरी आज प्रहरीले..

चन्द समूहका कम्पनी कमिसारसहित दुई जना पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द समूहका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा..

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..