स्पेनिस ला लिगाः एथ्लेटिको म्याड्रिडसँग बराबरीमा रोकियो बार्सिलोना

एजेन्सी, १७ असार । स्पेनिस ला लिगामा बार्सिलोना लगातार दोस्रो खेलमा पनि बराबरीमा रोकिएको छ । बुधबार बिहान सकिएको खेलमा एथ्लेटिको म्याड्रिडसँग २–२ गोलको बराबरीमा रोकिएपछि बार्सिलोनाको उपाधी यात्रामा धक्का लागेको छ ।

बार्सिलोनाका लागि लियोनेल मेस्सीले पेनाल्टीमार्फत एक गोल गरेका थिए भने एक गोल एथ्लेटिकोका डिएगो कोष्टाले आत्मघाती गोल गरेका थिए । एथ्लेटिकोका लागि दुवै गोल साउल निगुएजले गरेका थिए । आजको खेलमा पेनाल्टीमा गोल गर्दै मेस्सीले आफ्नो क्यारियरको ७ सयौं गोल पुरा गरेका छन् । मेसीले बार्सिलोनाका लागि ६३० गोल र देश अर्जेन्टिनाका लागि ७० गोल गरेका छन् ।

यस अघि सेल्टाविरुद्धको खेलमा पनि बराबरीमा रोकिएको बार्सा ३३ खेल खेल्दै ७० अंकसहित दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको रियल मड्रिडको ७१ अंक छ ।

१७ असार २०७७, बुधबार ०८:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ललितपुरको बंगलामुखी..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..