‘एमसीसीबारे नेकपाले सर्वसम्मत निर्णय गर्छ’

काठमाडौँ, १६ असार । नेकपा सचिवालय सदस्यसमेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे सत्तारुढ नेकपा भित्र दुई धार नरहरको दाबी गरेको छन् । प्रधानमन्त्रीका विश्वास पात्र मानिने मन्त्री पोखरेलका अनुसार एमसीसीबारे निर्णय गर्ने भनिएको नेकपा बैठकमा अहिले उक्त विषय कार्यसूचीमा पछाडी परेपनि पार्टी एक ढिक्का छ ।

संसदबाट अनुमोदन गर्नुपर्ने समयसीमा असार १६ मै सकिने भनिँदैछ । तर आज त्यो मिति सकिँदैछ, संसद बैठक असार १७ गते भोली बस्दैछ । एमसीसी संसदबाट अनुमोदन गर्नुपर्ने विषय थियो कि थिएन भन्ने प्रश्न पनि रहेको मन्त्री पोखरेलको भनाई छ ।

‘संसदबाट अनुमोदन गर्नुपर्ने विषय थियो भने पनि त्यो संसदमा छलफलका लागि औपचारिक प्रस्ताव गईसकेको छ’ उनले हामीसँग भने, ‘त्यो अब संसद भित्रकै विषय भईसक्यो, कसरी अगाडि आउँछ भन्ने कुरा अहिले नै भन्दा टिप्पणी अथवा आलोचना गरेजस्तो हुन्छ, संसद भित्र नै बहस छलफल गरिने विषय भएकाले अहिले नै धारणा राख्नु उचित होईन ।’

उनले थपे, ‘नेकपामा एमसीसी पारित गर्ने वा नगर्ने भन्ने दुई धार छैन । हामी पार्टी र देशको हितलाई केन्द्रमा राखेर सर्वसम्मत निर्णय गर्छौं ।’

१६ असार २०७७, मंगलवार १७:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै संक्रमितको संख्या बढी हो ।..

मुकेश चौरसिया हत्याको किटानी जाहेरी दर्ता

पर्सा । पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्याको किटानी जाहेरी आज प्रहरीले..

चन्द समूहका कम्पनी कमिसारसहित दुई जना पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द समूहका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा..

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..