ओलीलाई प्रचण्डको चेतावनी, ‘भारतले होइन, मैले हो प्रधानमन्त्रीबाट हटाउन खोजेको’

काठमाडौँ, १६ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का केपी ओलीलाई भारतले नभइ आफुले नै प्रधानमन्त्रीबाट हटाउन प्रयास गरेको बताएका छन् । जारी सचिवालय बैठकमा अध्यक्षद्धयवीच चर्काचर्की परेपछि प्रचण्डले ओलीलाई भारतले प्रधानमन्त्रीबाट हटाउन खोजेको नभइ आफुले नै हटाउन खोजेको जवाफ दिएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

‘१७ बैशाखमै मैले तपाईंको राजीनामा मागेको हो अहिलेपनि मागें, पहिलापनि तपाईलाई दिल्लीले होइन मैले हटाएको हो, अब पनि मैले नै हटाउँछु’ प्रचण्डले बैठकमा राखेको धारणा उधृत गर्दै ती नेताले भने ।

आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको भनेर प्रधानमन्त्रीले आइतबार दिएको अभिव्यक्ति पुष्टि गर्न प्रचण्डसहितका ४ शीर्ष नेताले चेतावनी दिएपछि ओलीले पार्टी बैठकका कुराहरु कसले भारतीय मिडियासम्म पुर्याउँछ भन्दै प्रश्न गरेका थिए । त्यसपछि आक्रोशित बनेका प्रचण्डले ‘तपाईलाई प्रधानमन्त्रीबाट भारत या अरु कसैले हटाउन खोजेको होइन, मैले हटाउन खोजेको हो, हटाउने नै हो’ भनेका थिए ।

१६ असार २०७७, मंगलवार १६:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक..