प्रधानमन्त्रीलाई बाबुरामको प्रश्न, ‘सरकार ढाल्न षड्यन्त्र गर्ने राजदूतलाई किन देश निकाला नगरेको ?’

काठमाडौँ, १६ असार । पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सरकार ढाल्न षड्यन्त्र गर्ने राजदूतलाई किन देश निकाला नगरेको भन्दै प्रश्न गरेका छन् । पार्टीले नागरिकता विधेयकको विरोधमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा डा. भट्टराईले सरकार ढाल्न चलखेल गर्ने राजदूतलाई प्रधानमन्त्रीले स्पष्टिकरण सोध्न किन नसकेको भन्दै प्रश्न गरेका हुन् ।

‘प्रधानमन्त्रीजी कुनै देशको राजदूतले मलाई षड्यन्त्र गरिरहेको छ भन्नुहुन्छ । त्यसो हो भने उहाँ के हेरेर बस्नु भएको छ ? राजदूतलाई बोलाएर किन स्पष्टिकरण लिनु हुन्न ? राजदूतलाई तुरून्त देश निकाला किन गर्नु हुन्न ?’

नयाँ नक्सा जारी गरेपछि आफूलाई हटाउन भारतीय राज्य संयन्त्र लागेको र दूतावासको सक्रियताबाट त्यो प्रष्ट हुने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अभिव्यक्ति दिएका थिए ।

१६ असार २०७७, मंगलवार १५:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक..