स्वास्थ्य मन्त्रीलाई भेटेर काँग्रेसले भन्यो, ‘पिसिआर बढाऊ, क्वारेन्टिनमा स्वस्थ्य खाना खुवाऊ’

काठमाडौँ, १६ असार । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर ध्यानाकर्षण गराएको छ । कोरोनाबारे पार्टीका तर्फबाट सरकारी कामकाजबारे अनुगमन गर्ने जिम्मेवारी पाएका सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वमा गएको काँग्रेस प्रतिनिधि मण्डलको टोलीले मंगलबार बिहान मन्त्री ढकाललाई भेटेर पिसिआर विधिबाट कोरोना परीक्षणको दायरा बढाउन पर्ने लगायत विषयमा ध्यानाकर्षण गरेका हुन् ।

‘पिसिआर विधिबाट परीक्षणको दायरा बढाउन, क्वारेन्टिन व्यवस्थित बनाउन, क्वारेन्टिनमा रहेका व्यक्तिलाई गुणस्तरीय खानाको व्यवस्थापन मिलाउनु पर्नेलगायत विषयमा स्वास्थ्य मन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएका छौँ’ टोलीमा सहभागी काँग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले जानकारी दिए ।

‘हामीले चार वटा विषयलाई लिएर कुराकानी गर्‍यौं’ नेता भण्डारीले भने, ‘प्रत्येक स्थानीय तहमा स्वास्थ्यकर्मीसहित सुविधासम्पन्न कम्तिमा एउटा एम्बुलेन्स व्यवस्था गर्नुपर्‍यो । स्वास्थ्यकर्मी र ल्याब टेक्निसियन पालिकाहरूमा पठाउनुपर्‍यो । क्वारेन्टिनमा स्वस्थ्यकर खाना दिनुपर्‍यो । नेतामा मात्र सबै कुरा निर्भर हुन भएन महामारीका बेला विज्ञहरूको साथ लिनुपर्‍यो भन्ने कुरा राख्यौं ।’

मन्त्री ढकाललाई ध्यानाकर्षण गर्न काँग्रेस केन्द्रीय सदस्यहरू एनपी साउद, मोहन बस्नेत, चन्द्र भण्डारी, गगन थापा र राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकी मन्त्रालय पुगेका थिए ।

१६ असार २०७७, मंगलवार १०:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..