साफ च्याम्पियनसिप एक वर्ष धकेलियो

काठमाडौँ, १५ असार । राष्ट्रिय फुटबल टोलीले खेल्ने क्षेत्रिय स्तरको साफ च्याम्पियनसिपको अर्को संस्करण एक वर्ष पछि धकेलिएको छ । कोरोना भाइरसका कारण यसवर्ष हुनुपर्ने साफ च्याम्पियनसिप अर्को वर्ष मात्रै आयोजना हुने भएको हो ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सदस्य राष्ट्र नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटानका फुटबल संघका महासचिवसँग सोमबार जुम मार्फत गरेको छलफलपछि साफ अर्को वर्ष आयोजना गर्ने निर्णय गरेको हो । साफ च्याम्पियनसिपसहित, साफ महिला र पुरुष यू १५ र साफ यू १८ महिला च्याम्पियनसिपका विषयमा छलफल गर्न बैठक बसेको थियो ।

समूहका प्रतियोगिताका विषयमा भने अर्को बैठकमा छलफल हुने बताइएको छ ।

सिनियर टोलीले खेल्ने एक मात्र प्रतियोगिता साफ च्याम्पियनसिप नेपाल अहिले सम्म जित्न सकेको छैन ।

१५ असार २०७७, सोमबार २३:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अनुगमनका क्रममा रु १२ लाख असुली

काठमाडौँ महानगरपालिकाले विगत २२ दिनदेखि गरेको अनुगमनमा व्यापारीबाट जरिवानास्वरुप रु १२ लाख ८७ हजार असुल उपर गरेको छ । कामपाले..

अपहरण अभियोगमा डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठ पक्राउ

काठमाडौं । मलेसियमा गुण्डागर्दी गर्दै आएका डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय..

शेख नवाफ बने कुवेतका नयाँ राजा

कुवेत सिटी । कुवेतका शेख नवाफ अल अहमद अल शबाह नयाँ राजा चयन भएका छन् । राजा शेख शबाह अल अहमद अल जबर अल शबाहको ९१..

पेट्रोलमा तारपिन तेल मिसाउने चालक पक्राउ

प्रहरीले पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्याङ्कर चालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त..

कोषको रकमले विदेशमा अलपत्र श्रमिकको उद्धार गर्न सरकारलाई निर्देशन

काठमाडौ । संसदीय समितिले विदेशमा जुनसुकै कारणले पनि अलपत्र परेका श्रमिकहरुलाई वैदेशिक रोजगार कोषको रकम प्रयोग..