एमसीसी परियोजना सुरु गर्ने मिति पुनर्विचार गर्न माग

काठमाडौँ, १५ असार । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले एमसीसी कम्प्याक्ट कार्यान्वयन सुरु हुने मिति पुनर्विचार गर्नु आवश्यक रहेको बताएको छ । एमसीए नेपालले विज्ञप्ति जारी गरी कोभिड–१९ को महामारी र संसदीय अनुमोदनमा ढिलाई भएका कारण कम्प्याक्ट कार्यान्वयन मितिमा पुनर्विचार गर्नु आवश्यक रहेको जनाएको हो ।

‘कोभिड–१९ महामारी तथा संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइका कारणले गर्दा कार्यप्रगतिमा अवरोध सिर्जना भएको हुँदा नेपाल कम्प्याक्ट कार्यान्वयन थालनी मितिमा पुनर्विचार आवश्यक देखिएको छ’ एमसीए नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसअघि निर्धारित मिति असार १६ गते देखि कार्यान्वयन गर्ने भनिएपनि त्यो सम्भव नभएको भन्दै एमसीए नेपालले कार्यान्वयन सुरु हुनुभन्दा पहिला पूरा गर्नुपर्ने सबै प्रक्रिया जतिसक्दो सम्पन्न गर्न आफूहरू सक्रिय रहेको बताएको छ ।

१५ असार २०७७, सोमबार १९:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..