निजी क्षेत्रलाई अख्तियार लगाउनेबारे औपचारिक रुपमै बोले प्रधानमन्त्री

काठमाडौँ, १५ असार । अख्तियारको क्षेत्राधिकार बढाएर नीजि क्षेत्रको नियमन गर्ने जिम्मा पनि दिने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक धारणा राखेका छन् । नेपाल उद्योग परिसंघको साधारणसभाका क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नीजि क्षेत्रको नियमन गर्ने प्रशस्तै निकाय भएकाले अख्तियारको क्षेत्राधिकार बढाएर नीजि क्षेत्रको पनि नियमन गर्ने अधिकार दिने बारेको विधेयक सरकारले तत्काल अघि नबढाउने प्रष्ट पारेका हुन् ।

‘नियमनकारी निकाय धेरै छन्’ उनले भने, ‘अख्तियारले नै नियमन गर्नुपर्छ भन्ने छैन । तत्कालका लागि यो विधेयक अघि बढ्दैन भनेर मैले भनिसकेको छु ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेश भईसकेको छ ।

१५ असार २०७७, सोमबार १२:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिका राष्ट्रपति चुनाव : अग्रिम मतदान गर्ने संख्या बढ्दो

न्यूयोर्क । अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनावमा अग्रिम मतदान गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ ।..

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..