कोरोनाबारे चेतना फैलाउन पुस्तक प्रकाशन

काठमाडौँ, १४ असार । नेपाल मुद्रण उद्योग महासंघले कोभिड–१९ संक्षिप्त जानकारी तथा कार्यस्थलको तयारी पुस्तिका प्रकाशन गरेको छ । कोभिड १९ बाट सुरक्षित रहन जनचेतना फैलाउने उद्वेश्यले यो पुस्तक प्रकाशन गरिएको प्रकाशन समितिका संयोजक अरुण सापकोटाले बताए ।

पुस्तकमा कोभिड–१९ को बारेमा संक्षिप्त जानकारी, संक्रमण नियन्त्रण गर्न अपनाउनुपर्ने सावधानी, कार्यक्षेत्रमा पर्नसक्ने असरहरु, कार्यस्थल सुरक्षा तथा सहजताको लागि योजना तथा कार्यविधि, संक्रमण हुन सक्ने जोखिम अनुसार वर्ग विभाजन, फोहोरको व्यवस्थापन तथा परीक्षण सम्बन्धी जानकारी रहेको महासंघले जनाएको छ । पुस्तक लेखन तथा सम्पादन वरिष्ठ फर्मासिष्ट विवेक सिंह महत र फर्मासिष्ट चन्द्रिका अधिकारीले गरेका हुन् ।

लेखक महतले यो पुस्तकले कोभिड–१९ नियन्त्रण तथा जनचेतनाको लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गरे । उक्त पुस्तक निःशुल्क वितरण गरिने महासंघले जनाएको छ ।

पुस्तक वितरणको सुभारम्भ कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष पुस्कल गौतमले उक्त पुस्तक उद्योग व्यवसाय लगायत विभिन्न क्षेत्रमा कार्यरत कर्मचारी तथा सम्पुर्ण नेपालीहरुलाई समेत कोभिड १९ को संक्रमणबाट बच्न र सुरक्षित रहन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए । साथै कोभिड १९ को कारण समस्यामा परेका मुद्रण उद्योगी÷व्यवशायीहरु प्रति राज्य उदार हुन नसकेकोमा दुःख व्यक्त गर्दे उद्योगी÷व्यवाायीहरुलाई यो संकटको समय संरक्षण गर्न सरकार अगाडि बढ्नुपर्नेमा जोड दिनु हुँदै सवारी साधन संचालनमा जोर विजोर प्रणाली लागू गर्दा उद्योगी÷व्यवसायीलाई समस्या परेकोले यातायातका साधनको वैकल्पिक व्यवस्था नहुँदासम्म जोर–विजोर प्रणाली खारेज गर्नुपर्नेमा जोड दिए ।

१४ असार २०७७, आईतवार ०९:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अख्तियारका..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..

मेलम्चीमा पहिरोः ८ जना बेपत्ता

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची बजारमा गएराति खसेको पहिरोले पुरिएर ८ जना बेपत्ता भएका छन् । बजारको..