प्रिमियर लिगको उपाधि ३० वर्षपछि लिभरपुललाई

एजेन्सी, १२ असार । लिभरपुलले ३० वर्षपछि प्रिमियर लिगको उपाधिमा जितेको छ । बिहीबार लिग अन्तर्गत भएको खेलमा म्यानचेस्टर सिटी चेल्सीसँग २–१ गोल अन्तरले पराजित भएपछि लिभरपुलले ३० वर्षपछि उपाधि हात पारेको हो । लिभरपुलका लागि उपाधिमा कब्जा जमाउन एक जित वा म्यानचेस्टर सिटीको एक हार आवश्यक थियो ।

बिहीबार भएको खेलमा म्यानचेस्टरलाई पराजित गर्ने क्रममा चेल्सीका क्रिश्चियन पुलिसिकले खेलको ३६ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । म्यानचेस्टर सिटीले केविन डी ब्रुयनको गोलमा खेलको ५५ औं मिनेटमा बराबरी गरेको थियो । त्यसपछि विलियनले ७८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि खेल चेल्सीले २–१ ले अगाडी रह्यो ।

लिभरपुलले पछिल्लोपटक सन् १९८९–९० मा उपाधि जितेको थियो । लिगमा लिभरपुलले अझै ७ खेल खेल्न बाँकी छ । लिगमा हालसम्म उसले ८६ अंक जोडेको छ ।

१२ असार २०७७, शुक्रबार ०९:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ललितपुरको बंगलामुखी..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..