बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लियो

एजेन्सी, १० असार । स्पेनिस ला लिगामा बार्सिलोना विजयी भएको छ । गएराती भएको खेलमा बार्सिलोनाले एथलेटिक बिल्बाओलाई १–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा इभान राकिटिकले गोल गरेका थिए । सब्स्टिच्युट खेलाडीको रुपमा खेलको ६४ औँ मिनेटमा मैदान छिरेका राकिटिकले लियोनेल मेसीको असिस्टमा खेलको ७१ औँ मिनेटमा गोल गरेका थिए ।

जितपछि बार्सिलोनाले महत्वपूर्ण ३ अंक हासिल गर्दै ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । ३१ खेलबाट ६८ अंक जोडेको बार्सिलोना शिर्ष स्थानमा छ । एक खेल कम खेलेको रियलको ३० खेलमा ६५ अंक छ ।

गएरातीको खेलमा मेसीको क्यारियरको ७ सय औँ गोलको अपेक्षा गरिएको भएपनि मेसीको ७ सयौ गोलको लागि अझै अर्को खेल पर्खिनुपर्ने भएको छ ।

रियल म्याड्रिडले आज राति मल्लोर्काविरुद्ध खेल्दै छ ।

१० असार २०७७, बुधबार ०९:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अनुगमनका क्रममा रु १२ लाख असुली

काठमाडौँ महानगरपालिकाले विगत २२ दिनदेखि गरेको अनुगमनमा व्यापारीबाट जरिवानास्वरुप रु १२ लाख ८७ हजार असुल उपर गरेको छ । कामपाले..

अपहरण अभियोगमा डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठ पक्राउ

काठमाडौं । मलेसियमा गुण्डागर्दी गर्दै आएका डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय..

शेख नवाफ बने कुवेतका नयाँ राजा

कुवेत सिटी । कुवेतका शेख नवाफ अल अहमद अल शबाह नयाँ राजा चयन भएका छन् । राजा शेख शबाह अल अहमद अल जबर अल शबाहको ९१..

पेट्रोलमा तारपिन तेल मिसाउने चालक पक्राउ

प्रहरीले पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्याङ्कर चालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त..

कोषको रकमले विदेशमा अलपत्र श्रमिकको उद्धार गर्न सरकारलाई निर्देशन

काठमाडौ । संसदीय समितिले विदेशमा जुनसुकै कारणले पनि अलपत्र परेका श्रमिकहरुलाई वैदेशिक रोजगार कोषको रकम प्रयोग..