रियल म्याड्रिड ला लिगाको शिर्ष स्थानमा उक्लियो

एजेन्सी, ८ असार । रियल म्याड्रिड ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । गएराती भएको खेलमा रियल सोसीयडाडलाई २–१ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिड शिर्ष स्थानमा उक्लिएको हो ।

रियल म्याड्रिडको जितमा करिम बेन्जमा र सर्जियो रामोसले एक एक गोल गरे । त्यस्तै सोसीयडाडका लागी मिकेल मेरिनोले १ गोल फर्काएका थिए । पहिलो हाफ बिना कुनै गोल सकिएको खेलको ५०औ मिनेटमा रामोसले पेनाल्टी मार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यसपछि बेन्जमाले खेलको ७०औ मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर पारेका थिए । त्यसको दुई मिनेटमा नै सोसीयडाडका अद्नान जानुजाजले गरेको गोल भारले अस्वीकृत भएको थियो ।

रियलको यो जितसँगै लिगमा बार्सिलोनासँग अंक बराबरी गर्दै शिर्ष स्थानमा उक्लिएको छ । अब ३० खेलमा रियल म्याड्रिड र बार्सिलोनाको ६५÷६५ अंक भएको छ ।

८ असार २०७७, सोमबार ०९:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ललितपुरको बंगलामुखी..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..