ला लिगाः बार्सिलोना सेभियासँग बराबरीमा रोकियो

एजेन्सी, ६ असार । स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना बराबरीमा रोकिएको छ । गएरातीको खेलमा बार्सिलोना सेभियासँग गोल रहित बराबरीमा रोकिएको हो ।

मेस्सीले खेलको पहिलो हाफमा प्रहार गरेको फ्रीकिक बारमा लागेर बाहिरिएको थियो । अन्तिम समयमा लुइस स्वारेजले गरेको प्रहार समेत गोल हुन सकेन । योसँगै बार्सिलोनाको ३० खेलमा ६५ अंक भएको छ भने सेभियाको ३० खेलमा ५२ अंक छ । अब बार्सिलोनाले अर्को खेल जुन २३ मा एथ्लेटिका बिल्बाओसँग खेल्नेछ ।

मेस्सी आफ्नो क्यारियरमा ६९९ गोल गरेकाले उनको ७ सयौं गोलको प्रतिक्षा गरिरहेका फ्यानहरुलाई अझै अर्को खेल पर्खिन पर्ने भएको छ ।

बार्सिलोनालाई पछ्याईरहेको रियल म्याड्रिडले आइतबार राति रियल सोसियडाडसँग खेल्दै । उक्त खेल रियलले जितेमा बार्सिलोनासँग अंक बराबरी गर्नेछ ।

६ असार २०७७, शनिबार १५:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ । प्रधानमन्त्री ओलीले..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..