‘कोभिड-१९ पछि अलपत्र परेका संसारभरिका नेपालीको उद्धार गर्न ‘हामि नेपाली’ क्रियाशील छ’

यतिबेला आप्रवाशी नेपाली र मातृभूमि नेपालका आम नागरिक कोभिड-१९ पछि उत्पन्न जटिल परिस्थितिका कारण अन्यौल र अलपत्र अवस्थामा रहेका छन् । झन्डै तीन महिनाको अवधिभर लकडाउनमा कैद भएका मातृभूमि नेपालका आम नागरिक हुन् वा मध्यपूर्वका देशमा रहेका आप्रवाशी नेपाली कामदार हुन् सवैको अवस्था दयनिय छ । देश फर्किने दिन कुरिरहेका छन् । आर्थिक अभावले बिचल्लीमा परेका मध्यपूर्वका देशमा रहेका आप्रवाशी नेपाली कामदार देखि भोक र रोगले ग्रस्त नेपाली हुन्, उनीहरुलाई सेवा परमो धर्मको मन्त्र बोकेर उद्धारमा क्रियाशील गैर आवाशीय नेपालीको विश्वव्यापी संजाल हामि नेपालीका केन्द्रिय उपाध्यक्ष एवं कोभिड-१९ उद्धार कार्यदलका संयोजक टेक ‘वाइवा’ लामासंग कोभिड-१९ पछि उहाँहरुले गरेको गरेको कामका बारेमा www.nepal24hours.com ले गरेको कुराकानी ।

यहाँहरु कोभिड-१९ पछि उत्पन्न जटिल परिस्थितिमा पनि संसारभरिका नेपालीलाई आवस्यक सहयोग जुटाउन तल्लिन हुनहुन्छ? तर अलपत्र अवस्थामा रहेका मातृभूमि नेपालका आम नागरिक हुन् वा मध्यपूर्वका देशमा रहेका आप्रवाशी नेपाली कामदारहरुलाई कसैले सहयोग गरेन भनेर उहाँहरु दुख व्यक्त गर्दै हुनुहुन्छ ?

कोभिड-१९ पछि उत्पन्न जटिल परिस्थिति संगै हामीले नेपाल सरकारलाई अबिलम्ब मध्यपूर्वका देशमा रहेका अलपत्र परेका आप्रवाशी नेपाली कामदारहरुलाई अबिलम्ब देश फर्किने अवस्था गर्न कुटनीतिक नियोगहरु मार्फत नेपाल सरकारको ध्यान आकृष्ट गर्यौ । हाम्रो संजाल भएको देशहरुमा रहेको राष्ट्रिय समिति मार्फत तताक्ला राहत दिनु पर्ने व्यक्तिको तथ्यांक संकलन गरि उद्धार र राहत वितरण सुरु गर्यौ र यो क्रम निरन्तर जारि छ ।

कोभिड-१९ पछि अलपत्र परेकाहरुलाई तपाइहरुले कस्तो सहयोग पुर्याउनु भयो?
म आफैं संयोजक रहेको कार्यदलले राष्ट्रिय समितिहरु मार्फत अमेरिका युरोप, एशिया र मध्यपूर्वका देशहरुमा पहिलो चरण मास्क, स्यानिटाइजर र खाध्य सामग्री उपलब्ध गरायौ । दोस्रो चरणमा उनीहरुलाई काउन्सिलिङ्ग र निरन्तर रोग लागेकाहरुको तथ्यांक सनाकलं गरयौ र उनीहरुलाई निरन्तर आवस्यक सहयोग पुर्याई रहयौ ।

कसरी काम सुरु गर्नु भयो, स्रोत कसरि जुटाउनु भयो?
कोभिड-१९ पछिको जटिल परिस्थितिमा केन्द्रको बैठक बसी आर्थिक संकलन गर्यौ, राष्ट्रिय समितिहरुलाई पनि आग्रह पनि गर्यौ । लगत्तै मेरो संयोजकत्वमा केन्द्रिय कार्यदल गठन गरयौ र राष्ट्रिय समितिहरु पनि स्रोत जुटाउन सफल भयौ । लगत्तै कोभिड-१९ ले अति प्रभावित न्युयोर्क सहरमा आफ्नै स्वयम् सेवक दस्ता निर्माण गरि मास्क, स्यानिटाइजर, खाद्यान्न उपलब्ध गरायौ । यसैगरी राष्ट्रिय समितिहरु मार्फत आर्थिक संकलन गरि ति देशहरुमा ७० प्रातिशत र बाँकी ३० प्रतिशत मातृभूमि नेपालको हितमा खर्चियौ ।

सुरुमा धेरै संघ संस्था अगाडी आए पनि पछिल्लो समय अपेक्षाअनुसार सहयोग जुटेको छैन तपाइहरु के गर्दै हुनुहुन्छ?
हाम्रो उद्धार र सहयोग निरन्तर जारी छ । यसै क्रममा नेपाल भारत सिमा क्षेत्रमा अलपत्र नेपालीहरुलाई भोजन सहितको आवस्यक सहयोग जुटाउन हामि नेपाली क्रियाशील छौ ।

रोगि र मृत्यु भएकाहरुलाई पनि सहयोग गार्नु भएको छ?
हामीले मृत्यु भएका परिवारको भरण पोषणको लागि जर्मनीबाट प्रतिपरिवार ५०१ डलर सहयोग उपलब्ध गराउने काम सुरु गरिसकेका छौ ।

नेपालमा के गर्दै हुनुहुन्छ?
मातृभूमि नेपालमा भोकालाई भोजन, स्वयम् सेवक मार्फत स्वास्थ्य परिक्षण र न्युन आय भएकाहरुलाई खाद्यान्न सहयोग पुर्याउने अभियान द्रुत गतिमा संचालन गरिरहेका छौ ।

अन्त्यमा, कोभिड-१९ पछि उत्पन्न जटिल परिस्थितिमा तपाइँहरुको सहयोग निरन्तर जारी रहन्छ?
हामि बिपन्न र अलपत्र नेपालीको सेवामा निरन्तर हाजिर छौ । सहयोगी दाताहरु जसले हाम्रो सहयोगको यात्रामा मुठी फुकाए उनीहरु प्रति आभारी पनि छौ । र निरन्तर सहयोगको अपेक्षा गार्दछौ ।

६ असार २०७७, शनिबार ०३:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन थालिएको छ । अन्यत्र..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..

नेपालमा कोरोना संक्रमण जाडोमा थप जटिल बन्ने

काठमाडौं । नेपाल कोरोना भाइरसका कारण खराब अवस्थामा रहेका मुलुकको ३४ औं मुलुक भएको छ । वल्डोमिटरका अनुसार..

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..