संविधान संशोधनको दिन संसदमा अनुपस्थित १२ सांसद यी हुन् (सूचीसहित)

काठमाडौँ, ३१ जेठ । शनिबार प्रतिनिधि सभाबाट संविधान संशोधन विधेयक पारित भएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सालाई नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न प्रस्तुत भएको संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट दुई तिहाइभन्दा धेरै मतमार्फत पारित भएको हो ।

तर संविधान संशोधनका लाथि मतदान हुँदा १२ सांसद अनुपस्थित रहे । संविधान संशोधन प्रस्ताव प्रतिनिधि सभामा निर्णायर्थ पेश गर्दा कुल प्रतिनिधि सदस्य संख्यामा १६ जनाले कम सांसद मात्रै उपस्थित रहेपनि यी मध्ये ४ जना निलम्बनमा छन् । विभिन्न दलका १२ सांसद अनुपस्थित भएको पाईएको छ ।

मत विभाजनमा २५८ सांसद उपस्थित भएकोमा सबैले प्रस्तावको पक्षमा मतदान गरेका छन् । अनुपस्थित हुनेमा नेकपाका ४, राजपाका ३, नेपाली काँग्रेसका ३ र समाजवादी पार्टीका २ सांसद छन् ।

राजपाकी अमृतादेवी अग्रहरी, दुलारी देवी खत्वेनी र प्रमोद साह, नेकपाका गोपालबहादुर बम, हरिबोल गजुरेल, धनबहादुर बुढा र शिवकुमार मण्डल, नेपाली कांग्रेसका नागेन्द्र कुमार राय, सूर्य बहादुर केसी र ज्ञानकुमारी छन्त्याल, समाजवादी पार्टीकी सरिता गिरी र सूर्य नारायण यादव आजको संसद बैठकमा अनुपस्थित रहे ।

काँग्रेसका विजय कुमार गच्छदार, मोहम्मद अफताब आलम, समाजवादीका हरिनारायण चौधरी र राजपाका रेशम चौधरी भने निलम्बित छन् ।

३१ जेष्ठ २०७७, शनिबार १९:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन..

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा सचिवालय बैठकको निर्णय, व्यक्ति टुंगो लाग्न अझै बाँकी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय..