प्रदर्शनकारीले राष्ट्रिय गान गाएपछि सेल्युट गर्दै प्रहरी

काठमाडौँ, ३१ जेठ । काठमाडौंमा जारी प्रदर्शन शनिबार भयो । कोरोना भाइरसका संक्रमितको उचित्त उपचार, सबैको पीसीआर प्रविधिबाट परीक्षण, आरडीटि परीक्षण खारेज र कोरोना रोकथामका लागि भएको भनिएको १० अर्बको हिसाब सार्वजनिक गर्न माग गर्दै जारी प्रदर्शन विगत केही दिनदेखि कायम छ । काठमाडौँबाट सुरु भएको सरकार विरोधी प्रदर्शन देशका मुख्य शहरहरुमा पुगिसकेको छ ।

शनिबार बिहान १० देखि ११ः३० बजेसम्म माइतीघरमा विरोध प्रदर्शन भयो । प्रर्दशनककारीहरु आज हातमा फूल लिएर सडकमा ओर्लिए ।

प्रदर्शन सकिने जनाउ दिन एक युवाले राष्ट्रिय गान गाउन सुरु गरे । उनीसँगै आवाजमा आवाज र लयमा लय मिलाएर सबै प्रदर्शनकारीले ‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली………’ भन्दै राष्ट्रिय गान गाए । प्रदर्शनकारीले राष्ट्रिय गान गाउन थालेपछि प्रर्दशनलाई नियन्त्रण गर्ने पुगेका प्रहरीपनि सँगै गाउँन थाले

एसपी सुमेन्द्र सिंह राठौर प्रदर्शन नियन्त्रण गर्न खटिएका प्रहरीको नेतृत्वकर्ता थिए । जब राष्ट्रिय घन्किन थाल्यो, तब एसपी राठौरले सेल्युट गरे, उनले सेल्युट गरेको देखेपछि बाँकी प्रहरी पनि राष्ट्रिय गान अवधिभर सेल्युट गरिरहे ।

आन्दोलन सकियो, प्रदर्शनकारीले आफ्ना हात हातमा बोलेका फूलका थुंगा प्रहरीलाई दिएर बिदा भए ।

३१ जेष्ठ २०७७, शनिबार १३:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..