संविधान संशोधनको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप लगाउँदै काँग्रेस

काठमाडौँ, ३१ जेठ । संविधान संशोधन विधेयकमाथि मतदान गर्ने संस्थागत निर्णय गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दैछ । शनिवार १२ः३० बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा काँग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।

नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्न ल्याइएको विधेयकमाथि आज प्रतिनिधिसभामा मतदान हुँदैछ । उक्त विधेयकमाथि मतदान गर्न संस्थागत निर्णय लिन बैठक बोलाइएको काँगेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए । बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्न आफ्ना संसदहरुलाई ह्वीप जारी गर्ने बताईएको छ ।

प्रतिनिधि सभाको बैठक शनिबार दिउँसो १ बजे बस्दैछ । आजको बैठकबाट नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची छ ।

३१ जेष्ठ २०७७, शनिबार ११:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुकूल..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..