पीसीआर विधिबाट कोरोना परीक्षण गर्न ९ वटा नीजि प्रयोगशालाले दिए निवेदन

काठमाडौँ, ३० जेठ । पीसीआर प्रविधिबाट कोरोना भाइरसको परीक्षण गर्न सक्ने भन्दै ९ वटा नीजि प्रयोगशालाहरूले निवेदन दिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बिहिबारसम्म इच्छुक निजी प्रयोगशालालाई निवेदन दिन भनेकोमा २० वटा निवेदन परेपनि ९ वटासँग मात्रै जनशक्ति र मेशिन पाईएको हो ।

प्रयोगशालाकी निर्देशक डा. रूना झाका अनुसार दैनिक ३ सय जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गर्नसक्ने भन्दै बिहिबारसम्म ९ वटा निजी प्रयोगशालाहरूले निवेदन दिएको र यीमध्ये ३ वटा ग्रेड ए र बाँकी ग्रेड बी का रहेका छन् ।

अब निवेदन दिएका ९ वटा नीजि प्रयोगशालालाई पीसीआर परीक्षणको अनुमति दिन प्रयोगशालाले निर्देशिका तयार पार्ने र उक्त निर्देशिका मन्त्रालयले स्वीकृत गरेपछि उनीहरुले परीक्षण सुरू गर्न सक्ने छन् । निर्देशिकामा नै पीसीआर परीक्षणको शुल्क र अन्य मापदण्ड तय गरिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

तर स्वास्थ्य प्रयोगशाला स्थापना तथा कारबाही निर्देशिका अनुसार ग्रेड ए मा सूचीकृत नीजि प्रयोगशालाले मात्रै पिसिआर परीक्षण गर्न सक्ने प्रावधान छ ।

३० जेष्ठ २०७७, शुक्रबार १३:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुकूल..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..