सिमाविद् बुद्धिनारायण श्रेष्ठलाई राष्ट्रिय सम्मान दिन सांसदहरुको माग

काठमाडौँ, ३० जेठ । भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे निरन्तर तथ्य संकलन गर्दै आएका सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई राष्ट्रिय सम्मान गर्न सांसदहरुले माग गरेका छन् । अतिक्रमित भूमी नेपालको नक्सामा समावेश गरेको सम्पूर्ण जस सीमाविद् श्रेष्ठलाई जाने सांसदद्वय दिव्यमणी राजभण्डारी र भिमसेनदास प्रधानको भनाई छ ।

कुनै पनि राजनीतिक दललाई यसको जस लिने होडवाजी नगर्न आग्रह गर्दै उनीहरुले यसको एकमात्र जस बुद्धिनारायण श्रेष्ठलाई दिनुपर्ने बताएका हुन् ।

नेपालको नक्साको विषयमा २०४६ सालपछि बनेका हरेक सरकारलाई श्रेष्ठले पटक पटक जानकारी गराउँदै आएपनि हाल आएर मात्र उनको मुद्दा संसदमा प्रवेश गरेको भन्दै निरन्तर सीमाको मुद्धालाई राष्ट्रिय मुद्धा बनाउन योगदान दिएका श्रेष्ठलाई धन्यवाद दिँदै सांसद प्रधानले सीमा मुद्दालाई उठाइरहने श्रेष्ठलाई राष्ट्रिय सम्मान गर्न माग गरेका छन् ।

प्रधानले भने, ‘बिपी कोइराला प्रधानमन्त्री भएको बेला सगरमाथाको बारेमा प्रश्न उठेपछि तत्कालै चीनसँग कुरा गरेर सगरमाथा नेपालमा ल्याएका थिए । त्यसरी नै अहिलेका प्रधानमन्त्री केपी ‌ओलीलाई समेत लिपुलेक, लिपिम्याधुरा र कालापानी भारतसँग कुरा गरेर नेपाललाई फिर्ता ल्याउन अवसर आएको छ, यदि यो मामिलामा सफल भए मात्रै उहाँको कुटनीतिक चातुर्यता झल्किन्छ । नेताको पहिचान क्रान्तिमा हैन, क्रान्तिपछि बनेको सरकारमा हुनुपर्छ ।’

३० जेष्ठ २०७७, शुक्रबार ११:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुकूल..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..