न्यायालयको सम्मान गर्दै फैसला शिरोपर गरेका पुर्व आईजिपी रमेश चन्द ठकुरी कारागार मुक्त

२९ जेठ काठमाण्डौं।सुडान प्रकरणमा आफुमाथि अन्याय भएको भनिरहेका,सुडान मिसनको बन्दोवस्ती र व्यवस्थापनका सामान खरिदको अन्तिम किस्ता भुक्तानी हुने बेलामा प्रहरी महानिरीक्षक (आईजीपी) भएका रमेश चन्द ठकुरी सर्वोच्च अदालतको फैसलाको सम्मानका लागि भन्दै, २०७६ असार १९ गते सर्वोच्चमा उपस्थित भएका थिए।ठकुरीसँगै कैदसजाय सुनाइएका पूर्वप्रहरी प्रमुख हेमबहादुर गुरुङ, ओमविक्रम राणा भने सरासर जेल गए।तर ठकुरी आफुमाथि भएको अन्यायका विरुद्ध डटेर लड्ने प्रतिबद्धतासहित तथ्य जुटाउनतिर लाग्दा सर्वोच्च अदालतको फैसला अनुसार समयमै कैद लगत कट्टाका लागि जेल जानुपर्ने थियो तर गएनन् ।

सुडान घोटालामा दोषी ठहर गर्दै १ वर्ष कैद र ४० हजार जरिवानाको भएको फैसला पश्चात २०७६ असार १९ गते सर्वोच्चमा आफैँ हाजिर भएका पूर्व प्रहरी प्रमुख रमेश चन्द ठकुरी असल चालचलन भएकाले ठकुरीले २० दिन कैद मिनाहा पाई २०७७ जेठ २९ गते बिहीबार नै सजाय भुक्तान गरेर कारागार मुक्त भएका छन् । सर्वोच्चमा उपस्थित हुनासाथ डिल्लीबजार कारागार चलान भएका ठकुरी बिहीबार विहान कारागार मुक्त भएका हुन् । उनको रिहाईमा नेताको जस्तो तामझाम थिएन।खादा ओढाउदै परिवारका सदस्य र शुभचिन्तकहरुले रिहाईको खुसियाली साटासाट गरेका थिए।

ठकुरीको भनाईमा आफुलाई नखाएको विष लागेको र विधिको शासनमा यस्तो हुन नहुने भन्दै न्याय मागिरहे पनि उनले न्याय पाएनन् केवल अन्यायपुर्ण फैसला पाए । सुडान प्रकरणमा मुद्धाको मिसील कागजात पढ्ने जो कोही मजाले हाँस्छन् । कारण मिसील संलग्न कागजातको उचित मुल्याङ्कन नभएको देखेर फैसलामा प्रयुक्त शब्दावलीहरुले मान्छेहरुलाई हास्न बाध्य बनाउँछ । बिरालो बाँधेर श्राद्ध गर्ने परिपाटीबाट न्यालय मुक्त नदेखिनु आफैमा हास्यास्पद हो। न्यायालयसंग न्यायको अपेक्षा गरिन्छ न कि फैसला ! न्याय सम्पादन गर्दा न्याय पर्यो कि परेन भन्दानि फैसला गर्न मुद्धाको अङ्ग पुग्यो कि पुगेन भनेर मुद्धा टुङ्ग्याईएको देखिन्छ। यस फैसलालाई गहिरिएर हेर्ने आम जनमानसले यो लेवलका मान्छेले त न्याय पाउँदैनन् हामीले के न्याय पाउँछौं भनेर अदालत प्रवेश गर्नु पहिले आफैलाई प्रश्न गर्नुपर्ने अवस्था खडा गरिदिएको प्रष्ट देखिन्छ।

कारागारबाट बाहिरिँदा नेपाल ट्वान्टीफोर आवर्ससँग छोटो कुरा गर्दै ठकुरीले भने-“मलाई अन्याय भएको छ जुनकुरा मेरो मुद्धाको मिसीलसंलग्न सवुदप्रमाण हेरेपनि प्रष्ट हुन्छ । तर मैले न्यायालयको सम्मानका खातिर फैसलाले तोकेको सजायलाई मैले शिरोपर गरें। न्यायका लागि धेरै प्रयास गरें तर मेरो निर्दोषिता ठहर गर्ने सवुद प्रमाणहरुको सहि र उचित मुल्याङ्कन नगरिएकोमा मेरो दुखेसो छ। अहिले बुझ्दैछु यसै मुद्धाका अझ गम्भिर प्रवृत्तीका कुनै एउटा पक्षको पुनरावलोकनमा सर्वोच्चले अनुमति दिएको रहेछ तर मैले भने पुनरावलोकन निवेदनमा अनुमति पाईन । अदालतको फैसलाको सम्मानका लागि मैले तोकिएको कैद त भुक्तान गरें तर, अब बाँकी कानूनी बाटाहरु खोजेर न्यायका निमित्त अन्तिम समयसम्म म न्यायका लागि लड्नेछु।”तर, ठकुरीले अदालतको फैसलाले नै दुई थरी कुरा गरेको कुरा अझै आफुले नविर्सिएको र तथ्य प्रमाणहरुले पनि चौतर्फी प्रहार भएको प्रष्ट देखाइरहेको बताएका छन् ।

फैसला कार्यान्वयनका लागि ठकुरीलाई डिल्लीबजार कारागार चलान गरिएको थियो । ठकुरीले पुनरावलोकन प्रक्रिया कारागार बाहिरै बसेर सहभागि हुन पाऊँ भन्दै २०७६ असार १९ गते धरौटीमा कारागार बाहिर बसेर मुद्दा लड्न पाउँन निवेदन र पुनरावलोकनको निवेदन सँगसँगै दिएकोमा सुविधा छुट माग निवेदन अवस्वीकार गर्दै पुनरावलोकनमा समेत अनुमति दिएन सर्वोच्चले ।

२९ जेष्ठ २०७७, बिहीबार २०:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन..

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा सचिवालय बैठकको निर्णय, व्यक्ति टुंगो लाग्न अझै बाँकी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय..