विदेशबाट नेपाली लिएर बोकेर हुने उडान दिउँसै काठमाडौँ आईपुग्नुपर्ने

काठमाडौँ, २९ जेठ । विभिन्न देशबाट नेपाली लिएर उद्दार उडान गर्ने जहाज दिउँसो ३ बजेभित्र काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा आईसक्नु पर्ने भएको छ । विदेशबाट उद्दार गरी ल्याईने उनीहरुलाई होल्डिङ सेन्टर तथा क्वारेन्टिनमा लैजानुपर्ने भएकाले त्यसका लागि हरेक देशबाट हुने उडान दिउँसो ३ बजेभित्रै काठमाडौँ अवतरण हुने गरी व्यवस्था गर्न लागिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले यसअिघ भएका उडान राती काठमाडौँ अवतरण हुँदा व्यवस्थापनमा केही समस्या देखिएको र अब त्यसो हुन नदिन विभिन्न देशबाट नेपालीलाई स्वदेश फर्काउने एयरलाइन्सले काठमाडौं आउँदा दिउँसो ३ बजे भित्र अवतरण गर्ने गरी आउनु पर्ने व्यवस्था गरिएको हो ।

हालसम्म सयुक्त अरब इमिरेट्सबाट १६९ जना, म्यानमारबाट २६ जना र अष्ट्रेलियाबाट ११ जनाको उद्दार गरी ल्याईएको छ ।

२९ जेष्ठ २०७७, बिहीबार ०८:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन..

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा सचिवालय बैठकको निर्णय, व्यक्ति टुंगो लाग्न अझै बाँकी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय..