कांग्रेसको सुझाव, ‘क्वारेन्टिनमा बसेका सबैको पीसीआर परीक्षण गरियोस्’

काठमाडौँ, २८ जेठ । नेपाली काँग्रेसले क्वारेन्टिनमा बसेका सबैको पीसीआर परीक्षण गरेरमात्र घर पठाउन आग्रह गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै पीसीआर प्रविधिमार्फत परीक्षण नगरी क्वारेन्टिनमा बसेकाहरुलाई घर नपठाउन सुझाव दिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश र स्थानीय तहमा पत्राचार गरी क्वारेन्टिनमा १४ दिन बसेपछि पीसीआर परीक्षण नगरी घर पठाउन निर्देशन दिएपछि काँग्रेसले यस्तो आग्रह गरेको हो । पौडेल नेतृत्वमा प्रधानमन्त्रीलाई भेट्न पुगेको टोलीले आइसोलेसनमा रहेकाको पनि परीक्षण गरेर मात्र डिस्चार्ज गर्न आग्रह गरेको छ ।

कांग्रेसले क्वारेन्टिनमा पिउने पानी, खाना, शौचालय र भौतिक दूरीसहित बस्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

२८ जेष्ठ २०७७, बुधबार १४:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..