“मेरो न्यायको लागि सत्ताको बाजि नलगाईयोस”

म दलित अछुत भए
किनकि मेरो पुर्खाहरुले
मुर्ति, खुकुरी र पुजाको थाली बनाए
गैरदलितको लागी मन्दिरमा पुजा गर्ने घण्टी बनाए
तिमी गैरदलितले
मेरो जातका छोरी चेलीको शरीर चलाउने
मेरा बाले आरन लाएको छिनो र फाली चलाउने
मेरि आमाको श्रम अरिमा परिमा चलाउने
सके जत्ती कम पैसामा हाम्रो श्रम शोषण गर्ने
अनि धाराको पानी चाहिँ छोइन्छ भन्दै
मेरै दिदिले छुट्टै भर्नुपर्ने होईन ?
हो कुनै समय कामको आधारमा जात बाडे
पू्र्खाले तिमी उच्च जात भन्नेहरु देखाउ तिम्रो रगत
अनि पसिनाको रगं कस्तो हुन्छ जो हाम्रोमा छैन
यो देशको कुन आन्दोलनमा हाम्रो संलग्नता छैन
हाम्रो आवाजको भर्र्याङ् चढेर
हाम्रै भावनामा खेलेर तिमिहरु
सत्ताको बागडोर चलाई रहदा
भेरिले म दलित भएकै कारण
मेरो प्रेम बगायो
मेरा दौँतरी र उनका सपनाहरु
बालुवा,पानीकै छाल्मा
कहिले नसंलने गरेर पोख्यो ।
अझै दलित संग कत्ति त्रसित छौं तिमीहरु
ए भन न… प्रेममा जात र धर्म कहाँबाट आयो ?
मेरो आमाको काख
साथिको संगिनिको सिउदो
खाली गर्ने अधिकार कस्ले दियो….?
बोल्नुपर्छ तिमी ठुलो जाति भनौदा गैरदलितहरु…..
किन हामिलाई पशु जस्तै ब्यहोरा देखाउछौ
अब बस्ती बस्तीबाट दलितले
आफ्नो सिप भरिएका हतियार उठाउने नै हो कि!
दलित आन्दोलन घोषणा गर्नुपर्यो
मेरो न्यायको खातिर
जे गर्न पनि तयार छन
हेक्का राखे हुन्छ सत्ताधारीहरु हो
मैले समेट्न नसक्ने गरि
हाम्रो प्रेम भेरिको छालमा बगेको छ
संगै यो पानीमा मानवीय संवेदना पनि बगेको छ
यत्ति मात्रै होईन
हाम्रा दौँतरीको सपनाहरू पनि
त्यहीँ बालुवा जस्तै छरिएको छ
भेरिले हाम्रो न्याय सुसेल्नु
र केही नेतृत्वले हामीलाई
ओझेल पार्न खोज्नुको प्रतिस्पर्धा चलिरहदा
अब मात्रै हामी न्याय चाहान्छौं …..
ताकी मेरो अरु पुस्ताले
यो विभेद सहन त के सुन्न नपरोस …
मेरो न्यायको लागि
यहाँ सत्ताको बाजि नलगाईयोस ।

२४ जेष्ठ २०७७, शनिबार २२:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

शुक्रबार ६ उडानबाट ९ सय बढीलाई काठमाडौँ ल्याईयो, कुन एयरलाइन्सबाट कति ?

काठमाडौँ, १९ असार । शुक्रबार ६ वटा अन्तराष्ट्रिय उडानमार्फत विभिन्न देशबाट ९१७ जनालाई काठमाडौँ ल्याईएको छ । नेपाल एयरलाइन्स र..

कोरोनाका कारण काठमाडौँमा एक जनाको मृत्यु

काठमाडौँ, १९ असार । काठमाडौँका एक जना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । नयाँबानेश्वर बस्ने ८५ वर्षीया..

बढ्यो नेपालीको प्रतिव्यक्ति आय, पुग्यो १ हजार ९० डलर

काठमाडौँ, १९ असार । नेपाल निम्न आय भएको मूलुकको सूचीबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व..

पुरुष उत्पीडन:हिंसाको चपेटामा पुरुषपनि

पछिल्लो समयमा समाजमा महिला भन्दा पुरुष हिंसा बढ्दै गएको कुरा समय समयमा बिभिन्न संघ संस्थाहरुले गरेका अध्धयनले..

नेकपा विवाद ः एकता जोगाउन पहल

प्रकाश सिलवाल, काठमाडौँ, १८ असार : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहमा विवाद बढेपछि पार्टी..