कथा हतार गरेर हुन्छ त !                             

रातको ११ बज्नै लागेको थियो कान्ताको फोन आयो। मैले फोन उठाएँ। “के गर्दै हुनु हुन्छ हजुर? सुत्ने बेला भएन र? ” फोन उठनासाथ उनले प्रश्न गरिन्। “तिमिलाइ सम्झेर बसेको नि!” म जिस्किएँ। “किन सम्झिनु त अनि सुत्ने बेलामा ? सम्झनुपर्ने अरु नै होलान नि!” उसले उसले अलि फरक ढङ्गले भनी । “त्यही सुत्ने बेलामा त झन् धेरै याद आउँछनि काली !” म छिल्लिन खोजें।“ए त्यसो पो हो? अरु बेला चाहिँ याद आउँदैन त्यसो भए?” उसले लेग्रो तानेर सोधी। “अरुबेला पनि आउँछ काली ! कुनै शङ्का छ र !” म हासें ।”छैन शङ्का त!” ऊ पनि म संगै हाँसी केहिबेर।“तिमिले पनि त्यही सम्झिने मात्र त होनी ।” मैले सानो स्वरमा बोलेँ।“अनि के गर्नु पर्यो त अरु ?” उसले हाँस्दै सोधी।“यस्तो जाडोमा पनि एक्लै सुत्नु परेपछी सम्झिएर मात्र के गर्नु र? ” म फेरि छिल्लिएं।“अनि एक्लै नसुतेर कोसंग सुत्नु हुन्छ त ?” कान्ता उसैगरि मिठो हाँसिरही। “संगै सुत्ने साथी भए रमाइलो हुन्थ्यो नि त काली जाडोमा।” “तपाइँ बच्चा हो र सुत्न साथी चाहिने ?” उसले मेरो कुरा नबुझे झैँ गरेर जिस्किन खोजी।

“बच्चालाइ पो सुत्नी साथी चाहिन्छ त ?हजुरजस्तो ठुलो मान्छेलाइ किन चाहियो साथी ? डर लाग्दैन होला  त पक्कै एक्लै सुत्न।” उसले बुझ पचाएर हाँस्दै बोली ।“डर लागेर हो त काली? दुइजना संगै सुत्दा जिउ तात्छ नि त जाडोमा !” मैले सानो स्वरमा फुसफुसाउँदै बोलेँ। “ए त्यस्तो पो ! अब कहाँबाट ल्याउनुहुन्छ त संगै सुत्ने साथी ?” कान्ता खितिती हाँसी।“तिमि नै आउन । एउटै सिरकभित्र मज्जा हुन्छ।” मैले मुख खोलेँ। “हैट फटाहा ! लाज हुँदैन ?” उसले लजाए झैँ गरेर बोली ।“आफ्नो मान्छेसंग सँगै सुत्न केको लाज त नि ?” मैले मायालु स्वरमा बोलेँ। “पहिले बिहे गर्नुस् न त अनि।”उसले लजालु स्वरमा नै बोली।“

यसपाली मेरो ईन्जिनियरिङ्गको पढाई’नि सकिन्छ अनि एउटा जागिर खानु पर्यो त्यसपछि त तिम्ले नाई भने नि भगाएर लान्छु कालीलाई ! अब अर्को साल है त कालु ?”मैले आश्वासन दिदै भनें। “अहा ! पक्का है त साने मलाई ढाट्ने हैन नि ! ” कान्ता बच्चा झैँ फुरफुर हुदै बोली। “पक्का त हो नि काली ! अर्को सालदेखि गाँसिएर सुतिन्छ एउटै सिरकभित्र ! कि कसो ?” मैले फेरि जिस्काइदिएँ।“फटाहा मान्छे! यो मान्छेलाई चाहिं सुत्नकै ध्याउन्न छ है ?” कान्ता चित्त नबुझे झैं गरेर बोली । “अनि के त ! यस्तो जाडोमा तिमिलाइ खुट्टा बोकाएर सुत्नुको मजै छुट्टै हुन्थ्यो !” म झनै जिस्किन थालेँ। “खुट्टा बोकाउनु भयो भने त चिमोटी दिन्छु म त बेस्सरी ।”उसले चेतावनीयुक्त भाषामा बोलि। “अनि आफ्नी बुढिलाइ खुट्टा नि बोकाउननि नपाउनु त मैले ?” “नपाउनु त अनि। तपाइँकी खुट्टा बोक्ने मान्छे हो म?” कान्ता अलिकति हाँस्न खोजी तर हाँसिन।“अनि खुट्टा नबोकाइ सुत्नु त ?” मैले स्वर बिगारेर बोलेँ। “अनि के त। तपाइँ छेउमा सुत्नु, म भित्तामा। खुट्टा बोकाउन त के, छुन नि पाइन्न !” यति भन्दै गर्दा उसले फेरि खित्का छोडी। “ल हेर ! यो तरिकाले सन्तान होला त हाम्रो ?” म हाँसे। “अनि के खुट्टा बोकाएर सन्तान हुने होर ?” ऊ जोडले हाँसी। “अनि के गरेर हुन्छ त काली ? खुट्टा बोकाउँदा जन्मिने हैनन् र छोराछोरी ?” म पनि गलल हाँसिदिएँ।

“मलाइ के थाहा !खुब थाहा होलानी हजुरलाइ !” ऊ फेरि लजाइ। “थाहा छैन के काली। तिमि सिकाइदेउन है ?” “पछि सिकाइ दिउँला है त ?” उसले खित्का छोड्दै बोलि। “आहा मलाइ त हतार भईसक्यो।” म कोल्टेफेर्दै बोलेँ।“ फटाहा मान्छे। हतार गरेर हुन्छ त !” ऊ हाँसी। “हुनत हुन्न नि। आँफुलाइ यहाँ गाह्रो भैसक्यो।” म फिस्स हाँसें। “के भएर गाह्रो भयो त?” उसले हाँसेरै सोधी। “के भएर गाह्रो भयो भन्नु। बुझन आँफै काली!” हाँस्दै जवाफ दिएं। ऊ पनि म संगै हाँसी। “गाह्रो भएको कि साह्रो ?” उसले हाँस्दै बोली। “के गाह्रो कि साह्रो नी ?” मैले सोधें।

“खै कुनि त ! कुन्नी के साह्रो भयो, मलाइ के थाहा?” ऊ फेरी गलल हाँसी। “हुन्छ त नि। यो उमेरमा पनि साह्रो भएन भनेत खत्तम भैहाल्यो नि!” मैले बोलें।“खुचिङ्ग पर्यो ! छाडा कुरा गरेसी त्यस्तै त हुन्छ त। जे कुरा नि हतार गरेर हुन्छ?” उसले गिज्याइ।“खुब, मलाइ मात्र गाह्रो भा हो र ! उसलाइ चाहिँ केहि नभए जस्तो हेरन।” मैले हाँसोका साथ भनें। “अनि के त। मलाइ त केहि भा’छैन।” ऊ खितिती हाँसी।“जे भनेनी भैहाल्यो नी। म देख्दिन क्यारे!” मैले भन्दा उसले-“नजिकै भा’को भए’नी देख्नु हुन्थेन के हजुरले।”अनि मैले “हेरौंला कसरी नदेख्नि रैछ!”भनें। “हेर्नु न त नि। हजुरको पो साह्रो हुन्छ त। मेरो के साह्रो हुनु नि ?” यति भन्दै मज्जाले हाँसी कान्ता । दुबै धेरैबेर हाँसीरह्यौं । “तिमि पनि खुब फटाइ भयौ है काली ?” मैले हाँसो रोक्दै बोलेँ। “तपाइँले त हो’नि मलाइ बिगारेको।” कान्ता बोलि। “यस्तै त राम्रो नि।आफ्नो मान्छेसंग त हो नी खुलेर बोल्ने।” मैले सम्झाएँ।ऊ गमक्क परेर मिठो हाँसो हाँसी। कुरा गर्दागर्दै, “ला ब्यालेन्स सकियो। सुत्नु है ! अब भोली कुरा गरौँला। गुड नाइट । लभ यु उम्मा ।” भनेर उसले हतारमा फोन राखी। उनको उम्माऽऽऽऽऽऽ सहितको शुभरात्रीको कामनापछि कान्तासंगको वार्तालाप सम्झदै कतिखेर निदाएं थाहै पाईन।

२०७७।०२।२४

२४ जेष्ठ २०७७, शनिबार २१:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..