जेठ २५ देखि छोटो दुरी र असार १ देखि लामो दुरीका गाडी चलाउने प्रस्ताव

काठमाडौँ, २४ जेठ । सरकारले एक सयभन्दा कम व्यक्तिमा कोरोना संक्रमण देखिएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी सञ्चालन गर्ने प्रस्ताव गरेको छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले जेष्ठ २५ गतेदेखि एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लामा छोटो दुरीका यात्रूबाहक सवारी संचालन गर्न दिने प्रस्ताव गरेको हो । जिल्ला नकाट्ने गरी र गाडीको क्षमता भन्दा आधा मात्र यात्रु राख्ने गरी यात्रुबाहक गाडी चल्न दिने प्रस्तावमा उल्लेख छ ।

समितिको प्रस्तावमा कपाल काट्ने सैलुन र पसल तथा डिपार्टमेन्ट स्टोर पनि पनि खोल्न दिने उल्लेख छ । कार्यालयको कामसँग सम्बन्धित सवारी साधन चलन दिने प्रस्ताव गरिएको छ । तर दुई पांग्रे सवारीमा भने चालक मात्रै बनुपर्नेछ । अस्पताल, प्रयोशाला र निजि क्लिनिकहरु पनि जेठ २५ बाट खोल्न दिने प्रस्ताव छ ।

एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लामा असार १ गतेदेखि सबै प्रकारका उद्योग व्यबसाय, आन्तरिक हवाई सेवा, धार्मिकस्थलहरु, लामो दुरीका सवारीसाधनहरु, सपिंङ मलहरु र निश्चित समय तोकेर मदिराजन्य पदार्थ बिक्रि गर्ने पसल खोल्न दिने प्रस्ताव छ । तर हवाई सेवा र यात्रु बाहक सवारीमा भने क्षमताभन्दा आधा मात्र यात्रु बोक्न पाईनेछ ।

समितिले गरेको प्रस्ताव मन्त्रिपरिषदले निर्णय गरेपछि मात्र लागु हुनेछ ।

२४ जेष्ठ २०७७, शनिबार १०:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

उपत्यकाका ३ जिल्लामा २६७ जना कोरोना संक्रमित

काठमाडौँ, २३ असार । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितहरुको संख्या २६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार थप..

ओली र प्रचण्डबीच छलफल जारी राख्ने सहमति

काठमाडौँ, २३ असार । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’..

काँग्रेस महाधिवेशन फागुन ७ देखि १० सम्म हुने, यस्ता छन् अन्य कार्यतालिका

काठमाडौँ, २३ असार । नेपाली काँग्रेसको १४ औं महाधिवेशन फागुनमा हुने भएको छ । कोरोना भाइरसको संक्रमण कम गर्न लागू..

‘काँग्रेस जनताको म्याण्डेटअनुसार प्रतिपक्षमै बस्छ’

काठमाडौँ, २२ असार । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले जनताले पाँच वर्ष प्रतिपक्षमा बस्न म्याण्डेट दिएकाले..

मास्क नलगाई बाहिर निस्कनेलाई पक्राउ गर्ने आदेश

काठमाडौँ, २२ असार । सरकारले मास्क नलगाइ घर बाहिर निस्किनेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ । स्वास्थ्य..