गंगा चौधरीलाई सरिता गिरीको प्रश्न, ‘चीनको इशारामा ममाथि आरोप लगाइएको त होइन ?’

काठमाडौँ, २३ जेठ । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेकपाका सांसदले आफ्नो विषयमा संसदमा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै कारबाहीको माग गरेकी छिन् । शुक्रबारको संसद बैठकमा विशेष माग गरेर सांसद गिरीले नेकपा सांसदले दिएको अभिव्यक्ति आफूमाथि मात्रै नभई संसदीय मर्यादामाथि कै आक्रमण भएको दाबी गरेकी छिन् ।

‘नेपालको कानुन अनुसार यो स्पिच कानुनी करबाहीका लागि पर्याप्त छ । म गृह मन्त्रालयको ध्यानाकर्षण गराउँछु, यसलाई रेकर्डमा लिएर प्रक्रिया अगाडि बढाइयोस्’ उनले भनेकी छिन् ।

नेकपा सांसद गंगा चौधरीको नाम नलिई गिरीले जेठ १९ गतेको उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन समेत माग गरेकी छिन् । सांसद गिरीले नेपालले नयाँ नक्सा जारी गरेपछि आफूले भारतसँग संवाद अगाडि बढाइयोस् भनेको भएपनि केही सञ्चार मध्यामहरुले भारतलाई नसोधी नेपालले नक्सा हुँदैनथ्यो भनेर मैले बोलेको भनेर प्रचार गरेको र नेकपा सांसदले त्यसैको आधारमा धारणा बनाएको बताएकी छिन् ।

सांसद गिरीले आफूलाई भारतीय भनेकोमा आपत्ति जनाउँदै सांसद चौधरीका पति दाङको राप्ती गाउँपालिकामा चुनाव लड्दा भारु बाँडेको र गाउँलेले समात्दा यो भारु त चीनको तर्फबाट बाँडेको भनेको उनको दाबी छ ।

‘कुनै ठूलो शक्तिको आड विना कसरी आरोप लगाइयो ? कतै उत्तरी छिमेकी चीनको इशारामा त एक भारतीय चेलीमाथि आरोप लगाइएको होइन’ उनले प्रश्न गरिन् ।

२३ जेष्ठ २०७७, शुक्रबार १४:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

उपत्यकाका ३ जिल्लामा २६७ जना कोरोना संक्रमित

काठमाडौँ, २३ असार । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितहरुको संख्या २६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार थप..

ओली र प्रचण्डबीच छलफल जारी राख्ने सहमति

काठमाडौँ, २३ असार । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’..

काँग्रेस महाधिवेशन फागुन ७ देखि १० सम्म हुने, यस्ता छन् अन्य कार्यतालिका

काठमाडौँ, २३ असार । नेपाली काँग्रेसको १४ औं महाधिवेशन फागुनमा हुने भएको छ । कोरोना भाइरसको संक्रमण कम गर्न लागू..

‘काँग्रेस जनताको म्याण्डेटअनुसार प्रतिपक्षमै बस्छ’

काठमाडौँ, २२ असार । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले जनताले पाँच वर्ष प्रतिपक्षमा बस्न म्याण्डेट दिएकाले..

मास्क नलगाई बाहिर निस्कनेलाई पक्राउ गर्ने आदेश

काठमाडौँ, २२ असार । सरकारले मास्क नलगाइ घर बाहिर निस्किनेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ । स्वास्थ्य..