कर तिर्न सरकारले ताकेता गरेकोप्रति चेम्बरको असन्तुष्टि

काठमाडौँ, २१ जेठ । सरकारले कर तिर्न ताकेता गरेकोप्रति नेपाल चेम्बर अफ कमर्सले असन्तुष्टि जनाएको छ । ७० दिनदेखि मुलुक लक डाउनमा भएकोले आर्थिक तथा व्यावसायीक गतिविधि ठप्प रहँदा पनि सरकारले कर दाखिला गर्न ताकेता गर्नु दुखद भएको चेम्बरको ठहर छ ।

चेम्बरले बुधबार एक विज्ञप्ति जारी गरी तरलताको अभावले कर्मचारी र मजदुरलाई पारिश्रमिक दिन र बैंकको व्याज किस्ता तिर्नसमेत नसकी रहेको जनाउँदै असन्तुष्टिहरु ब्यक्त गरेको हो ।

‘‘‘लकडाउन समाप्त भई व्यवसायीक वातावरण सुचारु भएको तिन महिनामा कर बिवरण एवम् रकम वुझाउने व्यवस्थाका लागि समग्र व्यवसायी क्षेत्रबाट जोडदार माग गर्दछ साथै विद्यमान उक्त निर्णय फिर्तागरी व्यबसायीको माग बमोजिम अर्को निर्णय लिन समेत अनुरोध गर्दछ’ चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

२१ जेष्ठ २०७७, बुधबार ११:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

बढ्यो नेपालीको प्रतिव्यक्ति आय, पुग्यो १ हजार ९० डलर

काठमाडौँ, १९ असार । नेपाल निम्न आय भएको मूलुकको सूचीबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व बैंकको पछिल्लो..

पुरुष उत्पीडन:हिंसाको चपेटामा पुरुषपनि

पछिल्लो समयमा समाजमा महिला भन्दा पुरुष हिंसा बढ्दै गएको कुरा समय समयमा बिभिन्न संघ संस्थाहरुले गरेका अध्धयनले..

नेकपा विवाद ः एकता जोगाउन पहल

प्रकाश सिलवाल, काठमाडौँ, १८ असार : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहमा विवाद बढेपछि पार्टी..

काँग्रेसले भन्यो, ‘संसद अधिवेशन अन्त्य गर्नु प्रधानमन्त्रीको गैरजिम्मेवार कदम’

काठमाडौँ, १८ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद अधिवेशन अन्त्य गर्ने प्रधानमन्त्री केपी शर्मा..

राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगे प्रचण्ड

काठमाडौँ, १८ असार । नेकपाभित्र विवाद बढ्दै गएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेट्न शितलनिवास..