काभ्रेमा भारतबाट दैनिक सय बढी नागरिक भित्रिँदै

काभ्रे, २० जेठ । एक सातादेखि भारतबाट दैनिक सयको हाराहारीमा काभ्रेपलाञ्चोकका नागरिक जिल्ला फर्किरहेका छन् । उनीहरुलाई स्थानीय क्वारेन्टिनमा राखिएको छ । हालसम्म करिब पाँच सय भारतबाट आएका छन् ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टका सदस्य एवम् जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा।नरेन्द्र झाले भारतबाट पछिल्ला दिनमा दैनिक सयको हाराहारिमा जिल्लावासी आउन थालेको बताए । उनले भने “अब क्वारेन्टिन र बेड थप्नुपर्ने देखिन्छ ।” क्वारेन्टिनमा बसेका तथा समयावधि सकिएपछि पनि कोरोना भाइरसको सङ्क्रमण देखिएकाको परीक्षण गरिनेछ । सङ्क्रमण नदेखिएकालाई ‘होम क्वारेन्टिन’ बसाइनेछ ।

कोरोनाको जोखिम बढेदै गएपछि काभ्रेका १३ स्थानीय तहलगायत विभिन्न संघसंस्थामा ३४२ बेडको क्वारेन्टिन व्यवस्थित गरिएकोमा भारतबाट जिल्ला फर्कन थालेपछि त्यसमा थप गरी ६६५ बनाइएको छ । भारतबाट जिल्ला फर्कने क्रम जारी रहेकाले आवश्यकता अनुसार थप्दै जाने केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सनाले बताए । “हजारबढी जिल्लाका बासिन्दा भारतमा बस्दै आएको तथ्याङ्क देखिन्छ, सबै फर्कंदा बेड अपुग हुने हुँदा थप्ने योजना बनाइरहेका छौँ”, उनले भने । धुलिखेल अस्पतालमा आठ र बनेपास्थित शिरमेमोरियल अस्पतालमा पाँच बेडको आइसोलेसन कक्ष छ ।

पोष्टका अनुसार शुक्रबार ८५, शनिबार ९९, आइतबार ९३ र आज ११८ जिल्ला फर्किएकालाई स्थानीय क्वारेन्टिनमा राखिएको छ । मजदूरीलगायत विभिन्न कामका सिलसिलामा जिल्लाका एक हजार १२५ भारतमा रहेको केन्द्रले जनाएको छ । भारतलगायत विभिन्न देशमा ११ हजार ५८७ काभ्रेका नागरिक रहेको जनाइएको छ ।

गतसाल माघ महिनायता ४५१ विदेशिएका काभ्रेली घर फर्किएका थिए । त्यतिबेला भने २७ देशबाट घर फर्किएकामध्ये भारतपछि दुवईबाट फर्कनेको सङ्ख्या अधिक रहेको थियो । यसैबीच, जिल्लामा ¥यापिड डायग्नोष्टिक टेष्ट ९आरडीटी० किटको अभाव रहेको छ । झाले भने, “आरडीटी किट अभाव भएकाले स्वास्थ्य मन्त्रालय धाइरहेको छु, मन्त्रायले विभाग देखाउँछ विभागले प्रदेश, किट आवश्कयता भइसक्यो आफैं अलमलमा छु ।” उनका अनुसार जिल्लामा आएको २१०० आरडीटी किट सकिएको छ ।

२० जेष्ठ २०७७, मंगलवार १०:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

शुक्रबार ६ उडानबाट ९ सय बढीलाई काठमाडौँ ल्याईयो, कुन एयरलाइन्सबाट कति ?

काठमाडौँ, १९ असार । शुक्रबार ६ वटा अन्तराष्ट्रिय उडानमार्फत विभिन्न देशबाट ९१७ जनालाई काठमाडौँ ल्याईएको छ । नेपाल एयरलाइन्स र..

कोरोनाका कारण काठमाडौँमा एक जनाको मृत्यु

काठमाडौँ, १९ असार । काठमाडौँका एक जना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । नयाँबानेश्वर बस्ने ८५ वर्षीया..

बढ्यो नेपालीको प्रतिव्यक्ति आय, पुग्यो १ हजार ९० डलर

काठमाडौँ, १९ असार । नेपाल निम्न आय भएको मूलुकको सूचीबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व..

पुरुष उत्पीडन:हिंसाको चपेटामा पुरुषपनि

पछिल्लो समयमा समाजमा महिला भन्दा पुरुष हिंसा बढ्दै गएको कुरा समय समयमा बिभिन्न संघ संस्थाहरुले गरेका अध्धयनले..

नेकपा विवाद ः एकता जोगाउन पहल

प्रकाश सिलवाल, काठमाडौँ, १८ असार : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहमा विवाद बढेपछि पार्टी..