१ करोडको कार्पेट फेर्ने खबरपछि ‘राष्ट्रपति’लाई चिठी

महामहिम राष्ट्रपति ज्यू,
नमस्कार ।
राष्ट्रपति कार्यलयमा १ करोडको कार्पेट फेर्ने गरि ठेक्का लागेको समाचारहरु आएका छन, आजको नयाँ पत्रिका दैनिकमा पढ्यौ पनि । यी समाचार पढ्दा केही नलेखी यो मन मान्दै मानेन । यदि यी समाचारहरु सहि हुन भने घोर खेद जनक छन् ।

यति बेला मुलुकले कोरोना भाईरसको ठुलो संकटको सामना गरिरहेको छ । संक्रमितको संख्या २ हजार नजिक पुगिसक्यो । ८ जनाको ज्यान समेत गईसकेको छ । यस्तो माहामारीमा मुलुकको समग्र अर्थतन्त्र र सरकार कोरोना भाईरस नियन्त्रणमा केन्द्रित भएर जनताको जीवन रक्षामा केन्द्रित हुनुपर्ने मानवीय दायित्व हो ।

सरकारले भाइरस नियन्त्रणका लागि लकडाउन गरेर सतर्कताका कार्यक्रमहरु गरिरहेको छ । यद्यपि यसो भईरहदा पनि केही ठाउँमा मजदुरहरु सडकमा मरिरहेका समाचार छन । खाने सामल छैन, बस्ने कटेरो छैन । सिमा आसपासमा दिनहुँ नेपालीले स्वदेश फर्कनलाई आन्दोलन गर्नु परिरहेको बिडम्बनापूर्ण अवस्था छ ।

महोदय, यस्तो विश्व संकटको परिस्थितिमा कार्यालयमा भएको पुरानै कार्पेट बिच्छ्याउदा केही फरक पर्दैन थियो । आर्थिक वर्षको अन्तमा यस्तो कार्य अगाडि बढाउनु बढो लज्जास्पद विषय भएन र ?

राष्ट्रपति महोदय, यो ठेक्का रद्द गर्ने आँट गर्नुहोस्, निर्देशन दिनुहोस् । तपाईका सल्लाहकारहरुलाई एक ठाउँमा राखेर विगतका आन्दोलन, आचरण, शैली, भोलीको यात्रा, जनताको अपेक्षा, हिजोको सपना, वर्तमान जटिल परिस्थिति आदिका बारेमा गम्भीर पाठ पढाउनु होला । यस्ता किसिमका विलाशीताका कार्यमा डोहोर्याउने सल्लाहकारहरुलाई गेट आउट गर्दा बेठिक हुदैन ।

बरु हिम्मत गर्नुहोस् कि, जुम्ला र कालिकोटका जनताले बनाएका स्थानीय सुकुल, गुन्द्री प्रयोग गरेर गणतन्त्रको राष्ट्रपतीय शैली विश्वलाई चिनाई दिनुहोस् । हामी कसैले पनि ईतिहास बिर्सनु हुदैन भन्ने आग्रह गर्न चाहन्छु ।

गणेशबाबु खड्का
रामेछाप

१९ जेष्ठ २०७७, सोमबार १८:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

शुक्रबार ६ उडानबाट ९ सय बढीलाई काठमाडौँ ल्याईयो, कुन एयरलाइन्सबाट कति ?

काठमाडौँ, १९ असार । शुक्रबार ६ वटा अन्तराष्ट्रिय उडानमार्फत विभिन्न देशबाट ९१७ जनालाई काठमाडौँ ल्याईएको छ । नेपाल एयरलाइन्स र..

कोरोनाका कारण काठमाडौँमा एक जनाको मृत्यु

काठमाडौँ, १९ असार । काठमाडौँका एक जना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । नयाँबानेश्वर बस्ने ८५ वर्षीया..

बढ्यो नेपालीको प्रतिव्यक्ति आय, पुग्यो १ हजार ९० डलर

काठमाडौँ, १९ असार । नेपाल निम्न आय भएको मूलुकको सूचीबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व..

पुरुष उत्पीडन:हिंसाको चपेटामा पुरुषपनि

पछिल्लो समयमा समाजमा महिला भन्दा पुरुष हिंसा बढ्दै गएको कुरा समय समयमा बिभिन्न संघ संस्थाहरुले गरेका अध्धयनले..

नेकपा विवाद ः एकता जोगाउन पहल

प्रकाश सिलवाल, काठमाडौँ, १८ असार : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहमा विवाद बढेपछि पार्टी..