भारतीय प्रधानमन्त्री मोदीको नयाँ पुस्तक सार्वजनिक

दिल्ली, १८ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अर्को जीवन चित्र सार्वजनिक गरिएको छ । उनको बाल्यकालदेखिका तस्वीरहरुको संग्रहसहितको जीवनचित्र पुस्तक शुक्रबार सार्वजनिक गरिएको हो ।

उनले भारतको प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकालको पहिलो बर्ष पुरा गरेको दिन पारेर पूर्व प्रधानन्यायाधीश के जी बालकृष्णन् मार्फत् यो पुस्तक सार्वजनिक गरिएको हो । कोरोना भाइरसको सङ्क्रमण फैलिने डर भएपछि भारतमा देशभरी लकडाउन लागु गरिएकाले अनलाईन मार्फत् सार्वजनिकीकरण कार्यक्रम गरिएको थियो ।

पुस्तकमा मोटो गाता र इ—बुक गरी दुई स्वरुपमा उपलब्ध छ भने २० ओटा भाषामा बनाइएको छ । तीमध्ये दश ओटा विदेशी भाषा र दश ओटा भारत भित्रका भाषा रहेका छन् । लेखकले दिएको जानकारी अनुसार पुस्तक प्रकाशित भएका विदेशी दश भाषामा अंग्रेजी, अरबी, डच, फ्रान्सेली, इटालेली, जापानी, मन्डारिन, रुसी र स्पेनी रहेका छन् ।

त्यसैगरी भारत भित्रका हिन्दी, आसामी, बंगाली, गुजराती, कन्नाडा, मराठी, पञ्जावी, तमिल, तेलगु र उर्दु भाषामा पनि सो पुस्तक बनाइएको छ ।

१८ जेष्ठ २०७७, आईतवार १७:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

शुक्रबार ६ उडानबाट ९ सय बढीलाई काठमाडौँ ल्याईयो, कुन एयरलाइन्सबाट कति ?

काठमाडौँ, १९ असार । शुक्रबार ६ वटा अन्तराष्ट्रिय उडानमार्फत विभिन्न देशबाट ९१७ जनालाई काठमाडौँ ल्याईएको छ । नेपाल एयरलाइन्स र..

कोरोनाका कारण काठमाडौँमा एक जनाको मृत्यु

काठमाडौँ, १९ असार । काठमाडौँका एक जना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । नयाँबानेश्वर बस्ने ८५ वर्षीया..

बढ्यो नेपालीको प्रतिव्यक्ति आय, पुग्यो १ हजार ९० डलर

काठमाडौँ, १९ असार । नेपाल निम्न आय भएको मूलुकको सूचीबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व..

पुरुष उत्पीडन:हिंसाको चपेटामा पुरुषपनि

पछिल्लो समयमा समाजमा महिला भन्दा पुरुष हिंसा बढ्दै गएको कुरा समय समयमा बिभिन्न संघ संस्थाहरुले गरेका अध्धयनले..

नेकपा विवाद ः एकता जोगाउन पहल

प्रकाश सिलवाल, काठमाडौँ, १८ असार : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहमा विवाद बढेपछि पार्टी..