३ चरणमा लकडाउन खुलाउने भारतको निर्णय

दिल्ली, १७ जेठ । भारतले ३ चरणमा लकडाउन खुला गर्ने भएको छ । भारतीय गृह मन्त्रालयले ३ चरणमा लकडाउन खुलाउने र कुन चरणमा के के खुल्नेबारे निर्देशिका जारी गरेको हो ।

मन्त्रालयले बढी जोखिम भएका क्षेत्रलाई जोखिमयुक्त क्षेत्र कायम गरेर ति क्षेत्रमा भने जुन ३० तारिखसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ । जोखिमयुक्त क्षेत्र पहिचान गर्ने र निर्णय गर्ने अधिकार सम्बन्धित जिल्लालाई नै दिइएको छ । हरेक जिल्लाले मन्त्रालयले तोकेको निर्देशिका अनुसार आफ्नो जिल्लालाई जोखिमयुक्त क्षेत्रमा राख्ने कि नराख्ने भन्ने निर्णय गर्न पाउने छन् ।

जोखिमयुक्त बाहेकका क्षेत्रमा भने लकडाउन खुकुलो हुने भएको हो । पहिलो चरणमा आगामी जुन ८ तारिखदेखि धार्मिक स्थल, प्राथना स्थल, होटेल, रेस्टुरेन्ट, शपिंग मल र अन्य आतिथ्य सेवासँग सम्बन्धित ब्यबसायहरु खुल्नेछन् ।

दोस्रो चरणमा विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम सेन्टर, कोचिंग सेन्टर हरु सम्बन्धित राज्यसँगको छलफलपछि खुल्ने छन् । यस बारे जुलाईमा निर्णय लिईने र निर्णय अगाडी शैक्षिक क्षेत्रका सरोकारवाला संग छलफल गरिने उल्लेख छ ।

तेस्रो चरणमा भने अन्तर्राष्ट्रिय उडान, चलचित्र घर, जिमखाना, मेट्रो रेल, स्विमिङ पुल, मनोरंजन पार्क लगायतक सेवा खुला हुनेछन् । जोखिमको अवस्था हेरेर यस बारे निर्णय लिईने मन्त्रालयको निर्देशिकामा उल्लेख छ । त्यस्तै राजनीतिक, सामाजिक, सांस्कृतिक , खेलकुद लगायतका धेरै मानिसको सहभागिता रहने कार्यक्रम पनि जोखिमको अवस्था हेरेर उपयुक्त समयमा खोल्न दिइने उल्लेख छ ।

त्यस्तै आगामी जुन १ देखि नै भारतभर बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म रात्रीकालिन कर्फ्यु लागु हुने छ । हाल यो समय बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म छ ।

१७ जेष्ठ २०७७, शनिबार २१:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

शुक्रबार ६ उडानबाट ९ सय बढीलाई काठमाडौँ ल्याईयो, कुन एयरलाइन्सबाट कति ?

काठमाडौँ, १९ असार । शुक्रबार ६ वटा अन्तराष्ट्रिय उडानमार्फत विभिन्न देशबाट ९१७ जनालाई काठमाडौँ ल्याईएको छ । नेपाल एयरलाइन्स र..

कोरोनाका कारण काठमाडौँमा एक जनाको मृत्यु

काठमाडौँ, १९ असार । काठमाडौँका एक जना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । नयाँबानेश्वर बस्ने ८५ वर्षीया..

बढ्यो नेपालीको प्रतिव्यक्ति आय, पुग्यो १ हजार ९० डलर

काठमाडौँ, १९ असार । नेपाल निम्न आय भएको मूलुकको सूचीबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व..

पुरुष उत्पीडन:हिंसाको चपेटामा पुरुषपनि

पछिल्लो समयमा समाजमा महिला भन्दा पुरुष हिंसा बढ्दै गएको कुरा समय समयमा बिभिन्न संघ संस्थाहरुले गरेका अध्धयनले..

नेकपा विवाद ः एकता जोगाउन पहल

प्रकाश सिलवाल, काठमाडौँ, १८ असार : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहमा विवाद बढेपछि पार्टी..