सरकारी कर्मचारीको सबै प्रकारका भत्ता खारेज

काठमाडौँ, १५ जेठ । सरकारले कर्मचारीको सबै प्रकारको भत्ता खारेज गरेको छ। कोरोना रोकथामको लागि अग्रपंतिमा काम गर्ने स्वास्थ्यकर्मी सुरक्षाकर्मीलगायतका राष्ट्रसेवकबाहेक अरूलाई प्रदान हुने भत्ता खारेज गरेको हो ।

आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजानिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता, बैठक भत्ता, खाना तथा खाजा भत्ता लगायत सबै प्रकारका भत्ताहरू २०७७ साउन १ गतेबाट लागू हुने गरि खारेज गरेको घोषणा गरेका हुन् ।

त्यस्तै मन्त्री खतिवडाले प्रशासनिक खर्च कटौती गर्दै भ्रमण भत्ता, इन्धन, फर्निचर, नयाँ सवारी खरिदमा उल्लेख्य बजेट कटौती गरेको घोषणा गरेका हुन् ।

१५ जेष्ठ २०७७, बिहीबार १८:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोनाका कारण काठमाडौँमा एक जनाको मृत्यु

काठमाडौँ, १९ असार । काठमाडौँका एक जना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । नयाँबानेश्वर बस्ने ८५ वर्षीया बृद्धको मृत्यु भएको..

बढ्यो नेपालीको प्रतिव्यक्ति आय, पुग्यो १ हजार ९० डलर

काठमाडौँ, १९ असार । नेपाल निम्न आय भएको मूलुकको सूचीबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व..

पुरुष उत्पीडन:हिंसाको चपेटामा पुरुषपनि

पछिल्लो समयमा समाजमा महिला भन्दा पुरुष हिंसा बढ्दै गएको कुरा समय समयमा बिभिन्न संघ संस्थाहरुले गरेका अध्धयनले..

नेकपा विवाद ः एकता जोगाउन पहल

प्रकाश सिलवाल, काठमाडौँ, १८ असार : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहमा विवाद बढेपछि पार्टी..

काँग्रेसले भन्यो, ‘संसद अधिवेशन अन्त्य गर्नु प्रधानमन्त्रीको गैरजिम्मेवार कदम’

काठमाडौँ, १८ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद अधिवेशन अन्त्य गर्ने प्रधानमन्त्री केपी शर्मा..