संविधान संशोधन विधेयकबारे छलफल गर्न काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

निरोज थापा, काठमाडौँ, १५ जेठ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्ने भएको छ । संसदमा दर्ता भएको संविधान संशोधन विधेयकका बारेमा छलफल गर्न शनिबार १ बजे काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो ।

बुधबारको प्रतिनिधिसभा बैठकमा संविधान संशोधन विधेयक कार्यसूचीबाट हटाईएपछि अनेक कोणबाट शंका उपशंका सुरु भएको छ । काँग्रेस सभापति शेर बहादुर देउवाले बुधबार राती नै ट्वीट गरी केही दिन अघि जारी भएको नयाँ नक्सा संविधानको अनुसूचीमा ३ मा रहेको निशान छापमा राख्न सरकारले दर्ता गराएको विधेयकमा काँग्रेसले समर्थन गर्दैन की भनेर आशंका नगर्न अनुरोध गरिसकेका छन् ,

केही दिन अघिको सर्वदलीय बैठकमा काँग्रेस सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकबाटै संशोधनको पक्षमा निर्णय गराउने भन्दै केही दिन पर्खन अनुरोध गरेका थिए । सरकारले सोही अनुसार बुधबारको प्रतिनिधि सभाको बैठकको कार्यसूचीबाट संशोधन विधेयक हटाउन संसद सचिवालयमा अनुरोध गरेको हुनसक्ने अनुमान छ ।

सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिनासर्त संविधान संशोधन विधेयक पास गरौँ’ भन्ने प्रस्ताव गरेका थिए ।

१५ जेष्ठ २०७७, बिहीबार ११:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

बढ्यो नेपालीको प्रतिव्यक्ति आय, पुग्यो १ हजार ९० डलर

काठमाडौँ, १९ असार । नेपाल निम्न आय भएको मूलुकको सूचीबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व बैंकको पछिल्लो..

पुरुष उत्पीडन:हिंसाको चपेटामा पुरुषपनि

पछिल्लो समयमा समाजमा महिला भन्दा पुरुष हिंसा बढ्दै गएको कुरा समय समयमा बिभिन्न संघ संस्थाहरुले गरेका अध्धयनले..

नेकपा विवाद ः एकता जोगाउन पहल

प्रकाश सिलवाल, काठमाडौँ, १८ असार : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहमा विवाद बढेपछि पार्टी..

काँग्रेसले भन्यो, ‘संसद अधिवेशन अन्त्य गर्नु प्रधानमन्त्रीको गैरजिम्मेवार कदम’

काठमाडौँ, १८ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद अधिवेशन अन्त्य गर्ने प्रधानमन्त्री केपी शर्मा..

राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगे प्रचण्ड

काठमाडौँ, १८ असार । नेकपाभित्र विवाद बढ्दै गएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेट्न शितलनिवास..