कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

एजेन्सी, १४ जेठ । कोरोना भाइरसको महामारीबाट संयुक्तराज्य अमेरिकामा एक लाख मानिसको मृत्यु भएको छ । वल्र्डओमिटर्सका अनुसार बुधबार बिहानसम्ममा अमेरिकामा यो भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५७२ पुगेको हो ।

अमेरिकामा यो भाइरस संक्रमितको संख्या १७ लाख १५ हजार २७५ पुगेको छ । जसमध्ये चार लाख ७९ हजार ९६९ जना निको भएर घर फर्किसकेका छन् । हालसम्म अमेरिकामा एक करोड ५५ लाख ३२ हजार जनाको कोरोना परीक्षण भएको छ । अमेरिकामा कोरोना संक्रमण गत फेब्रुअरी १५ मा पहिलो पटक देखिएको र त्यस दिन १५ जनामा मात्र कोरोना पुष्टि भएको थियो ।

कोरोनाका काराण विश्वभर ३ लाख ५२ हजारको मृत्यु भइसकेको छ भने ५७ लाखभन्दा बढी मानिस यो भाइरसबाट संक्रमित छन् । अझै पनि ५० हजारभन्दा बढी मानिस गम्भीर अवस्थामा छन् । युरोपेली क्षेत्रका मुलुकमै एक लाख ६९ हजारभन्दा बढीको ज्यान गएको छ ।

१४ जेष्ठ २०७७, बुधबार १०:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

शुक्रबार ६ उडानबाट ९ सय बढीलाई काठमाडौँ ल्याईयो, कुन एयरलाइन्सबाट कति ?

काठमाडौँ, १९ असार । शुक्रबार ६ वटा अन्तराष्ट्रिय उडानमार्फत विभिन्न देशबाट ९१७ जनालाई काठमाडौँ ल्याईएको छ । नेपाल एयरलाइन्स र..

कोरोनाका कारण काठमाडौँमा एक जनाको मृत्यु

काठमाडौँ, १९ असार । काठमाडौँका एक जना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । नयाँबानेश्वर बस्ने ८५ वर्षीया..

बढ्यो नेपालीको प्रतिव्यक्ति आय, पुग्यो १ हजार ९० डलर

काठमाडौँ, १९ असार । नेपाल निम्न आय भएको मूलुकको सूचीबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व..

पुरुष उत्पीडन:हिंसाको चपेटामा पुरुषपनि

पछिल्लो समयमा समाजमा महिला भन्दा पुरुष हिंसा बढ्दै गएको कुरा समय समयमा बिभिन्न संघ संस्थाहरुले गरेका अध्धयनले..

नेकपा विवाद ः एकता जोगाउन पहल

प्रकाश सिलवाल, काठमाडौँ, १८ असार : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहमा विवाद बढेपछि पार्टी..