जातीय विभेदको पराकाष्ठ रुकुम घटना

कालीकोट घटना:२०६८ सालमा चुलो छोएको निहुँमा कालीकोटमा मन बहादुर सुनारको हत्या भएको थियो । त्यसैगरि नरहरिनाथ गाउँपालिकामा धाराको पानी छोएको निहुँमा मना सार्कीको हत्या भएको थियो ।
सप्तरी घटना:२०७६ को असार महिनामा सप्तरीमा एउटा घटना घटेको थियो । सप्तरी सोनापुरको एक मन्दिरमा पुजा गरेको निहुमा कथित दलित लिलाधर दासलाई स्थानीयले कुटपिट गरेका थिए। ।
भोजपुर घटना:त्यसैगरि घटना भोजपुरमा पनि घट्यो । दलित भएकी कारण घरपरिवारले वुहारीको रुपमा स्विकार नगरेपछि गाउँवाट एक दलित महिलालाई वहिस्कार गरेको घटना बाहिर आएको थियो । छापाहरुमा यो घटनाले पनि राम्रै चर्चा पायो ।
सुर्खेत घटना: त्यस्तै २०७६ भाद्रमा अन्तरजातीय विवाह गरेको निहुमा सुर्खेत दमारमा दलित परिवारमाथी कुटपिट भयो । चुलो छोएको निहुँमा सुर्खेत कुनाथरीका भीम बहादुर बिक माथि निर्घात कुटपीट भएको थियो ।
रुपन्देही घटना :
रुपन्देही देव दहकी अङ्घिरा पासीले स्थानीय २२ बर्षीय बिरेन्द्र भर संग प्रेम सम्वन्ध राखेको र जेठ ९ गते उनीहरुलाई स्थानीयले संगै फेला पारेका थिए । त्यस पछि त्यस वडाका वडाध्यक्ष अमर बहादुर चौधरी लगायतका समाज सेवीले ति किशोरीलाई प्रेमी भर कै जिम्मा लगाएर घर पठाएका थिए । ती दलित समुदायकी किशोरी अङ्कारा पासीले बेहुली बनेकै दिन जातीय विभेदको ज्यादती कै कारण झुन्डिएको अवस्थामा मृत भेटिएकी थिईन्।
दलित समुदायसँग जोडिएका उल्लेखित घटनाहरु केवल प्रतिनिधी घटनाहरु मात्र हुन्। सामाजिक विभेद तथा उत्पिडनका यस्ता घटनाहरु दैनिकजसो छापाहरुमा समाचार बनीरहेका हामीले देखेका पढेका र सुनेका छौं। १९१०को मुलुकी ऐनसंगै हटेको छुवाछुत प्रथा र मुलत १० वर्षे जनयुद्ध र त्यसपछिको ६२/६३ को जनआन्दोलनको मद्धतवाट अन्तरिम संविधान जारि भएपछि संस्थागत रुपमै जातीय विभेद तथा छुवाछुत मुक्त नेपाल घोषणा भएको एक दशक वितीसक्दा पनि अझै जातीय विभेद छुवाछुतको चरम पीडा कथित दलित समुदायले खेपिरहनुपरेको तथ्य कसैबाट लुकेको छैन ।
केहिदिन अघिमात्रै जाजरकोट भेरी नगरपालिका वडा नं ४ रानागाउँका २१ बर्षिय नवराज बिक र पश्चिम रुकुम चौर जहारी नगरपालिका वडा नं ८ सोतीकी १७ बर्षिय सुष्मा मल्ल बिच रहेको तीन बर्षदेखिको कायम रहेको प्रेम सम्बन्धलाई परिणाममुखी बनाउने हेतुले विवाहका लागि केटी लिन चौरजहारी पुगेका थिए । कथित दलित समुदायका नवराज र ठकुरी समुदायकी ती युवतीको ‘जात’ नमिले पनि उनीहरु विवाह बन्धनमा बाँधिन चाहन्थे। रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीकी सुस्मा मल्ल अन्तरजातिय बिबाहको लागि आफुलाई तयारी अबस्थामा राखेकी थिईन् । त्यसैले नवराज शनिबार राति आफ्ना साथीहरुलाई लिएर दुलही ल्याउन सोती गएका थिए।नवराज र उनका १९ जना साथी बाटोमा हौसिँदै सोतीमा प्रेमिका लिन पुगेको समूह माथी युवतीका परिवारको नेतृत्वमा गाउँलेले कुटपिट गर्दै लखेटेको र त्यसपछि समूहका १२ जना युवाले भेरी नदीमा हाम फालेको मृतक युवक पक्षहरुको दावी छ। नवराजको शव सोही दिन राती १ बजे घटनास्थलबाट करिब डेढ किलोमिटर दुरीमा भेटिएको थियो। अर्का युवकको शव आइतबार दिउँसो सल्यानस्थित भेरी नदि किनारमा र एक युवकको शव सोमबार भेरी नदिमै भेटिएको थियो। २१ औ शताव्दीमा जातिय विभेदको बिषयलाई लिएर कुटपिटपछिको लखेटाईमा भएको भागदौडका कारण भेरी नदीमा डुबेर नबराज बिक, टीकाराम बिक र गणेश बुढा मगरको मृत्यु भएको छ ।
घटना घट्नुमा मुख्य दोष नवराजले सुष्मालाई र सुष्माले नवराजलाई माया गर्नुमा पनि थिएन् । घटना घट्नुको मुख्य हात नवराज दलित समुदायमा जन्मनु र सुष्मा ठकुरी समुदायमा जन्मनु पनि होईन । बेहुली लिने भनेर जाजरकोट खलंगादेखि रुकुमपश्चिमको सोती पुगेका नवराजसंगैका १८ जनालाई सिकारी चहार लगाए सोतीबाट औलजिउलासम्म लखेट्ने राज्यको कानुन भन्दा माथि रहेको जातिय संस्कारलाई स्थापित गर्ने पुरानो परम्परानै घटनाको मुख्य दोषी हो । नघटनुपर्ने दुखान्तपूर्ण घटनाले नबराज र टीकारामका आमाबुवा, आफन्तजनलाई मात्र हैन आम नागरिकहरुलाई गहिरो चोट पुगेको छ । यस दुःखको घडीमा मृतकका आमाबुवा, आफन्तजन र अन्य साथिसंगीले धैर्यता र समयमता अपनाउनु नै बुद्धिमत्ता हुनेछ ।
हामीले एकचोटी दुबै साईडबाट घटनालाई हेर्दा , अहिलेको कानुन अनुसार नाबालिका केटी भगाउन १५-२० जना मान्छे लिएर जाँदा कुन बाबु आमाको मन दुख्दैन, चाहे केटीको केटासंग विवाह गर्न सहमत किन नहोस, अभिभावक त अभिभावक नै हुन नि उनीहले आफ्नो नाबालिका छोरीलाई जबर्जस्ती दलबलसहित आएर भगाएर लान खोज्दा ती लान खोज्ने उपर सम्बन्धित कानूनी उपचार खोज्ने, प्रहरीलाई खबर गर्ने कानूनी दायरा भित्र ल्याएर कानुनी कार्वाही अगाडि बढाउनुको सट्टामा लाठा,मुढा, खुकुरी लिएर खेद्ने लखेट्ने र खोलामा हाल्दिने हो ? त्यस किसीमको गल्ती गर्नु आफैमा कानुन भन्दा माथि हुन खोजेको देखिन्छ । कुन मानसिकताले मान्छे ड्राइभ भैरहेको छ, के दलित हुनु मात्र होलात कारण कि आफ्नी छोरी एउटा सक्षम परिवारमा जाओस भन्ने अभिभावक को अन्तर कुन्तरको अभिलाषाका कारण छोरीको प्रेम सम्बन्ध गलत ठहर्याउनु बुद्धिमानी मानिदैन । जे भयो सक्किगो भन्दा त्यो चेलीमा भविश्यमा देखिन सक्ने मानसिक तनाव जसका कारण रुपन्देहीकी किशोरीले झै बेहुली बनेकै दिन आत्महत्या गर्ने जस्ता गलत कदम उठाउने दिन श्रृजना नहोस । किनकी तिनी त आखिर त्यै परिवारको छनामुनी छिन जुन परिवारले वा परिवारको सकृयताले निजको प्रेमीले मृत्युको मुखमा पुग्नु पर्यो । अब विगत भन्दा वर्तमान र भविष्य कसरी अगाडि बढ्न प्रेरित हुनु जरुरी छ ।
रुकुमको यो अन्तर्जातिय विवाह भनु या जातिय विभेदको पराकाष्ठ घटनाका रुपमा घटेको यो अत्यन्तै दुखद, अमानविय, बर्बरतापूर्ण घटना भएकोमा कसैको दुई मत हुन सक्दैन ।यस घटनाका बिषयमा संघ, प्रदेश र स्थानीय सरकार, राजनैतिक (नेकपा) पार्टी सबैबाट यस घटनाको सत्यतथ्य छानविन गर्नुको साथै पिडित पक्षलाई राजनैतिक, सामाजिक र कानुनी न्याय दिलाउन हामी सबै लागि पर्नु पर्ने कुरामा कटिबद्ध भएर आ आफ्नो क्षेत्रबाट लागि पर्नु सबैको दायित्व हो भन्ने कुरा बिर्सनु हुदैन
हिजो जस्तो अति कट्टर रुपमा जातिय विभेद प्रत्यक्ष रुपमा नभएपनि अप्रत्यक्ष रुपमा समाजमा अझै पनि जातिय विभेद छुवाछुत जकडिएर रहेको पाईन्छ । संविधानमा लेखिएको तर,कार्यान्वयनमा नआएको, राजनैतिक हिसाबले घोषणा भएको तर, व्यवहारमा लागु नभएको जातिय छुवाछुत तथा विभेद अन्त्यका लागि गरिएका कानुनी व्यवस्थाहरु कार्यान्वयनमा आउने छन् । जातिय छुवाछुत तथा विभेदमुक्त देश र नयाँ सामाजिक मुल्य मान्यता स्थापित हुनका लागि यसको चिन्तन हुनु जरुरी ५ र त्यसलाई व्यवहारमा उतार्नु जरुरी छ । जव सम्म मानिसको चिन्तनमा सकारात्मक परिवर्तन देखा पर्दैन तवसम्म हाम्रो व्यवहार वनावटी नै भईरहन्छ । नत्र त अझै पनि रुकुम चौर जहारीमा घटेका जातिय विभेद र छुवाछुतको पराकाष्ठ झल्काउने दर्दनाक घटनाहरु फेरि पनि दोहोरिन सक्ने कुरामा कसैको दुईमत नहोला । जबसम्म सहि शिक्षा सहस सचेतनामुलक कार्यक्रमहरु र शिपमुलक कार्यक्रमहरुका साथ हरे समुदायलाई आत्मनिरभरमुखी बनाईदैन यस्ता जातिय विभेदका घटनाहरु मौलाईरहने छन् र सामाजिक मान्यताहरु विगत भन्दा फरक अनुभुत गर्न सकिने अवस्था अझै धेरै पर हुने छ । २०७७।०२।१३

१३ जेष्ठ २०७७, मंगलवार २३:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

शुक्रबार ६ उडानबाट ९ सय बढीलाई काठमाडौँ ल्याईयो, कुन एयरलाइन्सबाट कति ?

काठमाडौँ, १९ असार । शुक्रबार ६ वटा अन्तराष्ट्रिय उडानमार्फत विभिन्न देशबाट ९१७ जनालाई काठमाडौँ ल्याईएको छ । नेपाल एयरलाइन्स र..

कोरोनाका कारण काठमाडौँमा एक जनाको मृत्यु

काठमाडौँ, १९ असार । काठमाडौँका एक जना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । नयाँबानेश्वर बस्ने ८५ वर्षीया..

बढ्यो नेपालीको प्रतिव्यक्ति आय, पुग्यो १ हजार ९० डलर

काठमाडौँ, १९ असार । नेपाल निम्न आय भएको मूलुकको सूचीबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व..

पुरुष उत्पीडन:हिंसाको चपेटामा पुरुषपनि

पछिल्लो समयमा समाजमा महिला भन्दा पुरुष हिंसा बढ्दै गएको कुरा समय समयमा बिभिन्न संघ संस्थाहरुले गरेका अध्धयनले..

नेकपा विवाद ः एकता जोगाउन पहल

प्रकाश सिलवाल, काठमाडौँ, १८ असार : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहमा विवाद बढेपछि पार्टी..